‘पर्यटनमा लगानीको ढोका खुल्यो’, अष्ट्रेलियन लगानीकर्ताले रारा ताल क्षेत्रमा रिसोर्ट खोल्ने
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार २२:५:४
१७ वैशाख, काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्न अष्ट्रेलियन लगानी भित्रिएको छ । काठमाडौँमा आज सम्पन्न तेस्रो लगानी सम्मेलनमा रिसोर्टमा लगानी गर्न अष्ट्रेलियाको ‘एक्सपर्ट ग्रुप’सँग सम्झौता भएको हो ।
यस्तै ललितपुरमा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि पनि लगानी सम्झौता भएको छ । रारामा रिसोर्ट लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरे ।
मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब रु ७० करोड र दोस्रो चरणमा करिब रु ४० करोड लगानी गरिने शाहले जानकारी दिए ।
यस्तै ललितपुरमा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि रु छ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ । लगानी सम्मेलनमा भएका विभिन्न सम्झौतामध्ये नेपालको पर्यटन क्षेत्रका लागि यो महत्वपूर्ण सन्देश हो । लगानी सम्मेलनले पर्यटन क्षेत्रमा लगानीको ढोका खुलेको सरोकारवालाको भनाइ छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लगानी सम्मेलनमा भएका दुई पक्षीय सम्झौता र पर्यटनमा लगानी गर्न व्यवसायीबीच भएको सम्झौताले नेपालमा पर्यटन क्षेत्रमा लगानीको ढोका खुलेको बताए ।
“अष्ट्रेलियन लगानीकर्ताले रारामा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनका लागि आज लगानीको सम्झौता भएको छ, यसले नेपालमा लगानीको वातावरण राम्रो बन्दैछ भन्ने सन्देश गएको छ”, पर्यटनमन्त्री तामाङले भने, “यसबाट विस्तारै पर्यटन क्षेत्रको विकासका निमित्त ढोका खुलेको छ ।”
होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले लगानी सम्मेलनले सकारात्मक सन्देश दिएको बताए । कोरोना महामारीपछि मुलुकको पर्यटनलगायतमा आएका लगानी प्रतिवद्धताले समग्रमा सम्मेलन सफल भएको र आगामी दिनमा पर्यटन क्षेत्रमा ठूलो लगानी भित्रिनसक्ने सम्भावना रहेको उनको भनाइ थियो ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले लगानी सम्मेलनमा अन्य क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि लगानी सम्झौता हुनुले नेपालमा लगानीमैत्री वातावरणको सन्देश दिएकोमा खुशी व्यक्त गरे । उनले यस्ताखाले सम्मेलन नेपालका लागि उपयोगी हुने बताए ।
“पर्यटनमा ठूलो खालको लगानी आवश्यक छ । आज जुन किसिमको सम्झौता भएको छ यसले पर्यटन क्षेत्रमा सकारात्मक उत्साह जागेको छ । आगामी दिनमा पर्यटन क्षेत्रमा ठूलो लगानी भित्रिने सम्भावना छ”, उपाध्यक्ष सापकोटाले भने ।
उनले पर्यटन क्षेत्रको विकासका लागि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने, सडक मर्मत र स्तरोन्नति गरी सेवालाई गुणस्तरीय बनाइनुपर्ने खाँचो औंल्याए ।
सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सयभन्दा बढी व्यक्तिको सहभागिता थियो । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चार वटा परियोजनाका लागि रु नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ ।
उद्योग विभाग अन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीका अनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि रु छ अर्ब, काठमाडौँमा व्यावसायिक भवन निर्माणका लागि रु तीन अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि रु सात करोड ६६ लाख र ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि रु छ करोड २५ लाख लगानी स्वीकृत भएको छ ।
विभागले आज स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ । स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी यही वैशाख ७ गते प्रकाशित राजपत्रअनुसार शतप्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना गर्न वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था रहेको छ ।
सरकारले नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य अनुरूप नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको पर्यटनमन्त्री तामाङले बताए । तेस्रो लगानी सम्मेलनमा बोल्दै उनले विदेशी पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिइने बताए । पर्यटनमन्त्री तामाङले राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६/२०२५) अन्तिम चरणमा रहेकोले पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाइने बताए ।
सरकारले पर्यटन दशक (२०२३/२०३२) मा हरेक वर्ष पर्यटक आगमनमा १५ प्रतिशत विन्दुले वृद्धि गरी सन् २०३२ मा ३५ लाख पु(याउने लक्ष्य लिएको छ । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो । सन् २०२४ मा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार यो वर्षको मार्चमा कूल एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारी पूर्व सन् २०११ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार