न्यूजील्याण्डको टी–२० विश्वकप खेल्ने टिमको घोषणा
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार ९:२२:१५
१८ वैशाख, काठमाडौं । न्यूजील्याण्डले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि न्यूजील्याण्डले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
न्यूजील्याण्ड केन विलियम्सनको कप्तानीमा विश्वकप खेल्ने भएको छ । न्यूजील्याण्डको टिममा केनसहित फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चाम्पम्यान, डेभोन कोनवे, लुकी फर्गुसन, माट हेनरी, डार्यल मिचेल, जिम्मी निशाम, ग्लेन फिलिप, रचिन रविन्द्र, मिचेल सान्टनर, इश सोढ़ी र टिम साउथी रहेका छन् ।
न्यूजील्याण्ड टी-२० विश्वकपमा समुह सी मा रहेको छ । यस समूहमा वेस्ट इन्डिज, अफगानिस्तान, पीएनजी र युगाण्डा रहेका छन् । न्यूजील्याण्डले विश्वकपको पहिलो खेल जुन ७ मा अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार