मोरङमा बच्चा जन्माएर हत्या गर्ने महिला पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १८:२७:९
१८ वैशाख, विराटनगर । मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–१ सालबोटेकी २६ वर्षीया अस्मिता राई रहेकी छन्।
उनले शिशु जन्माएर हत्या गरी फालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुुर बस्नेतले बताए। अस्मिताले छोरा जन्माएकोमा हत्या गरेर फालेकी हुन्।
घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको र हत्या गरेर ढुंगाको चेपमा फालेको प्रहरीले जनाएको छ। बाँसघारीबाट १० मिटर जति पश्चिममा रहेको ढुंगाको चेपबाट सोमबार साँझ कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव फेला परेको थियो।
शिशुको हत्या गरेर घर फर्किएकी अस्मिताको शरीरमा रगत देखेपछि शंका लागेर आफन्तले सोधपुछ गरेका थिए। सोधपुछ गर्ने क्रममा शिशुको हत्या गरेको खुलेपछि आफन्त र स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने ८ जनाले पोले पशुपति विकास कोषका कोषध्यक्ष सुवेदीको नाम
जेठ ८, २०८१ मंगलबार
कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
जेठ ८, २०८१ मंगलबार
सहकारी ठगीसम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यदेशमा सहमति जुटाउँदै कार्यदल
जेठ ८, २०८१ मंगलबार
संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सुरु
जेठ ८, २०८१ मंगलबार
उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
जेठ ८, २०८१ मंगलबार
पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा आज पेशी
जेठ ८, २०८१ मंगलबार