सप्तरीमा भीषण आगलागी, २ सय बढी घरटहरा जले
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १९:४७:४३
१८ वैशाख, राजविराज । सप्तरीको महादेवा गाउँपालिका–१ मा भएको भीषण आगलागीले बस्ती नै सखाप पारेको छ । आगो निभाउन ३ वटा बारुणयन्त्र प्रयोग गरिएको भएपनि अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन ।
वडाध्यक्ष जयकिशोर दासका अनुसार २ सयभन्दा बढी घरटहरा जलेका छन् र त्यसक्रममा २ सय भन्दा बढी परिवार विस्थापित भएका छन् । अहिले नै क्षतिको विवरण आइनसकेको वडाध्यक्ष दासले बताए । स्थानीय र सुरक्षा निकायले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीबाट केही पशुचौपायासमेत मरेका छन् ।
गाउँपालिकाको वडा नम्बर १ चिम्टि टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको हो ।
यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष दासले बताए । आगो निभाउने प्रयास भइरहेको छ । यता राजविराज, शम्भुनाथ, हनुमाननगर कङ्कालमाली नगरपालिकाबाट आएको वारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयले आगो निभाउने काम गरिरहेका छन् ।
आगलागी अहिले पनि भइरहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । उक्त आगलागीमा करिब ६०/७० लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
जेठ ८, २०८१ मंगलबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
धुलिखेल-खावा सडक : दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम
जेठ ८, २०८१ मंगलबार
अज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
स्थानीय उत्पादन बेच्न ६ घण्टा पैदलयात्रा
जेठ ८, २०८१ मंगलबार
भारतको कर्नाटकमा दाजुबहिनीको शङ्कास्पद मृत्यु
जेठ ८, २०८१ मंगलबार
४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प
जेठ ८, २०८१ मंगलबार