भाषणमा मात्रै सीमित भए स्वदेशमै रोजगारीका कुरा

नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार ११:११:५२

१९ वैशाख, काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । इतिहास, उपलब्धि र आगामी बाटो नारामा राजनीतिक दलले केही कार्यकर्ता जम्मा गरेर मजदुरलाई आफ्नो पार्टीले श्रम रोजगारका क्षेत्रमा गरेको उपलब्धि सुनाउँदैछन् । मजदुर संगठनले मजदुरका समस्यामाथि आफ्ना पार्टीका नेता बोलाएर चर्का भाषण गर्न लगाएपछि आजको मजदुर दिवस सकिन्छ, एक वर्षका लागि ।
सधैं यस्तै हुँदै आएको हो र आज पनि यसरी नै सकिन्छ । तर, मजदुरका खास समस्याको कसरी पहिचान गर्ने र देशमा रोजगारीको हक, उसले कमाएको धनको सुरक्षा र स्वदेशमै रोजगारीका लागि कसरी पहल गर्ने भन्ने विषय छलफल नै हुँदैन । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षाको माग राखेर सुरु भएको यो दिवस केवल नेताले दिने शुभकामनामै सीमित भएको छ भन्दा फरक पर्दैन ।
मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण त गराउँछ तर, कार्यान्वयन गर्ने ठाउँमा बसेकाहरूले मजदुरका पक्षमा काम नगर्ने चलन छ । नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरे पनि व्यवहारमा यो कार्यान्वयन भएको छैन ।
केवल सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको सम्झनामै सकिँदैछ यो दिवस । हाम्रो समाजमा श्रमलाई हेयको दृष्टिले हेर्ने पुरातन मान्यता कुनै न कुनै रूपमा अद्यापि कायमै रहेको देखिन्छ । श्रमलाई सम्मान हैन अपमान गर्ने संस्कृति छ । स्वदेशमा रहँदा निश्चित प्रकारका काम गर्न हिच्किचाउने, तर विदेशमा गएर त्यही काम गर्न बाध्य हुने अर्को समस्या हामी आफैंमा छ ।
आज धेरै नेपाली यसैलाई सामाजिक प्रतिष्ठा बनाएर वैदेशिक रोजगारीमा गइरहेका छन् । यो अवस्थालाई व्यवहारिक रूपमा बदल्न स्वदेशमै रोजगारीको सिर्जनातर्फ सरकार कदम चाल्न सक्दैन । मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्वद्र्धन हामी र हाम्रो पार्टी कटिबद्ध छ भन्दा नयाँ कुरा आजको दिनमा कसैले गरेका छैनन् ।
नेपालकै सन्दर्भमा भन्ने हो भने उचित ज्याला एवं पारिश्रमिकका विषयमा विसंं २००३ सालमै विराटनगरमा मजदुरको पहिलो ऐतिहासिक आन्दोलन भएको हो । अहिले मजदुरकै दिवसका यो इतिहासबारे चर्चा हुँदैन । नेपालमा प्रजातन्त्रको स्थापनाको प्रस्थानविन्दु त्यही मजदुर आन्दोलन थियो । यसलाई नेपाली कांग्रेसले वर्षमा एक दिन सम्झिन्छ तर, अरु दल यसको उच्चारण पनि गर्न चाहँदैनन् । मजदुर संगठनमा पनि यो आन्दोलन स्मरणमा परेको देखिएको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका लाग्ने कुरा गरेका छन् । यो पनि आजका लागि मात्र हो । यतिसम्मकी सरकारी, अर्ध सरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम समेत प्रभावकारी बनाउन सकेको देखिँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइएमई लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको माग
माघ १०, २०८१ बिहिबार
मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार