रिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार १२:८:५६
२० वैशाख, काठमाडौं । रिभर फल्स पावर कम्पनीको बिहिबार (आज) वार्षिक साधारणसभा बस्ने भएको छ । रिभर फल्स पावर कम्पनीको २ आर्थिक वर्षको वार्षिक साधारणसभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु भएको छ ।
कम्पनीले लाभांश प्रस्ताव बिना नै साधारणसभा बोलाएको हो । सभामा १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साधारण सभाले सर्वसाधारण लगानीकर्ताको तर्फबाट २ जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्नेछ । यता, सभा प्रयोजनका लागि कम्पनीले वैशाख १० गते बुक क्लोज गरिसकेको छ । वैशाख ९ गतेसम्म सेयर खरिद गरी कायम रहेका शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार