आगो निभाउन सरकारले हेलिकप्टर माग गरे सिम्रिक एयर सहयोग गर्न तयार
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार ७:०:४४
२२ वैशाख, काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताए । उनले भने, “डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ ।”
आफ्नो कम्पनीका हेलिकप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जङ्गलमा लागेको आगो निभाउन सकिने बताउँदै उनले पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौँको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको जानकारी दिए ।
कम्पनीले विगतमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हेलिकप्टर प्रयोग गरी आगो निभाएको महाप्रबन्धक जोशीले बताए । उनले देशका सबै पालिकालाई पानीको स्रोत व्यवस्थापन गर्न अनुरोध गरे ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार ५३ जिल्लाका चार सय ३६ वनमा डढेलो सल्केको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै
जेठ १०, २०८१ बिहिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १०, २०८१ बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार