एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार ७:५४:८
२२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने गरि प्रदेशसभा बैठक आजको लागि बोलाइएको छ ।
यस अघि शुक्रबार बोलाइएको बैठक मुख्यमन्त्री सोडारीको अनुरोधमा आजको लागि सारिएको हो । आज बैठक साढे ५ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगर्दा मुख्यमन्त्रीका लागि आह्वान गरिएको शुक्रबारको बैठक नै स्थगित हुन पुगेको थियो । पार्टीको रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ भने रञ्जिता श्रेष्ठ पक्षका दुई सांसद भने विश्वासको मत दिने तयारीमा छन् । उनीहरू दुवै जना प्रदेश सरकारमा सहभागी छन् । सत्तारुढ माओवादी केन्द्रले भने सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने संसदीय दलका नेता मानबहादुर धामीले बताएका छन् ।
नेपाली कांग्रेसले भने मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ । असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय गरेको छ । सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। विश्वासको मत लिन उनलाई जेठ ५ गतेसम्मको समय छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति रञ्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहेन्द्रनगरमा अवैध संरचना हटाउन थालियो
जेठ ९, २०८१ बुधबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल वेलायत प्रस्थान
जेठ ९, २०८१ बुधबार
कर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन कांग्रेसको माग
जेठ ९, २०८१ बुधबार
नेत्रज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार