वर्षौसम्म जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय पुल बनेपछि खुसी
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १४:३८:२६
२३ वैशाख, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ चितालपुरस्थित बौराहा नदीमा पुल बनेपछि स्थानीय खुसी भएका छन् । प्रदेश सरकारको चालु आर्थिक वर्षको रु सात करोड १९ लाख २९ हजार आर्थिक सहयोगमा पूर्वाधार विकास कार्यालय कैलालीमार्फत पक्की पुल निर्माणपछि स्थानीय खुसी भएका हुन् ।
वडा नं २ का अध्यक्ष लक्ष्मीप्रसाद चौधरीले वर्षौसम्म जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय पुल बनेपछि आवतजावतमा सहज भएको बताए । उनले भने,“यहाँ पुल नहुँदा स्थानीयलाई दैनिक कामकारवाहीमा समस्या हुनुका साथै यहाँका विद्यार्थीलाई वर्षायाममा विद्यालय आवतजावतमा निकै समस्या हुने गरेको थियो । वर्षौदेखि भोग्दै आएको समस्या समाधान भएपछि हामी सबैलाई सहज भएको छ।”
पूर्वाधार विकास कार्यालय कैलालीका सूचना अधिकारी विनोद खड्काले चितालपुरदेखि सोही वडाको जोकाहासम्म जोड्ने गरी २५ मिटर लामो पुल निर्माण भएको बताए। यस्तै, सोही पालिकाको वडा नं ८ तारानगरस्थित बौराहा नदीमा निर्माणाधिन अर्को पुलको काम पनि अन्तिम चरणमा रहेको सूचना अधिकारी खड्काले जानकारी दिए ।
रु सात करोड ६४ लाख ५० हजार लागतमा निर्माणाधीन सो पुलको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । विसं २०८० फागुन २९ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्धारित समयमा कामसम्पन्न नहुँदा आगामी असार मसान्तसम्म म्याद थप गरिएको छ । थपिएको समयभित्रै पुल निर्माण गर्नेगरी हाल निरन्तर काम भइरहेको पनि खड्काले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
महेन्द्रनगरमा अवैध संरचना हटाउन थालियो
जेठ ९, २०८१ बुधबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव प्रेस युनियनमा प्रवेश
जेठ ११, २०८१ शुक्रबार
कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट
जेठ ११, २०८१ शुक्रबार
अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयमा मस्कले जनाए विरोध
जेठ ११, २०८१ शुक्रबार
जाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
अप्रिलमा जापानको मुद्रास्फीतिमा सामान्य कमी
जेठ ११, २०८१ शुक्रबार