रुक्मिणी माध्यामिक विद्यालय : अभिभावक र विद्यार्थी दुवैको रोजाइ
इन्द्र रिजाल
बैशाख १२, २०७६ बिहिबार १७:५६:१३
रुकुमपूर्व । सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा रुकुमपूर्वको एक विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल भएपछि विद्यार्थीको आकर्षण बढीरहेको छ ।
सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालय केही वर्ष यतादेखि अभिभावक र विद्यार्थी दुवैको रोजाइ बन्न थालेको हो ।
प्रशस्त कक्षा कोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पिउने पानीको व्यवस्था, अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापले आफूहरुलाई लालायित पारेको विद्यार्थी प्रकाश बस्नेतले बताए । उनले भने, “यस विद्यालयले मलाई शिक्षा मात्र दिएन, एक खेलाडीको रुपमा पनि परिचित गरायो ।”
रुकुमपूर्वको एकमात्र विद्यालय नमुना विद्यालयमा छनोट भएको हो । विद्यार्थी सङ्ख्या, विज्ञान सङ्कायमा पढाइ हुने, पुस्तकालय, प्रयोगशालाको व्यवस्था, भौतिक संरचना, दश रोपनी जग्गासहितको हाता, कक्षा १ देखि १२ सम्मको कक्षा सञ्चालन, नियमित लेखा परीक्षण, अध्यापन शैली तथा विद्यार्थीको शैक्षिक प्रगतिका आधारमा २०७४ सालमा नमूना विद्यालय छनोट गरिएको थियो ।
नर्सरी कक्षादेखि कक्षा १२ सम्म अङ्ग्रेजी, नेपाली, विज्ञान, सीटीईभीटीबाट मान्यता प्राप्त कृषि जेटीए, कृषि तथा व्यावसायिक धार पढाइ हुने रुक्मिणी मावि जिल्लाकै सबैभन्दा पुरानो विद्यालय हो ।
यस विद्यालय जिल्लामै धेरै विद्यार्थी सङ्ख्या भएको विद्यालय हो । विद्यालयमा अहिले झण्डै १४ सयको हारहारीमा विद्यार्थी सङ्ख्या अध्ययनरत् छन् । यहाँ अध्ययनका निम्ति दाङ, रोल्पा र सल्यानबाट समेत विद्यार्थी आएका छन् ।
सरकारी विद्यालयमा पनि नर्सरीदेखि कक्षा ५ सम्म अङ्गे्रजी माध्यमबाट पढाइ हुन थालेपछि यस विद्यालयप्रति सबैको आकर्षण बढेको शिक्षक हरिबहादुर थापाले बताए । उनका अनुसार अहिले विद्यालयले जिल्लामै पहिलो पटक विद्यालय बस किनेर विद्यार्थीलाई विनाशुल्क सेवा दिन थालेपछि विद्यालयप्रतिको आकर्षण झन बढेको हो ।
‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइलाई ठिक उल्टो पार्ने गरी विद्यालयका केही शिक्षक कर्मचारीहरु र विद्यालय व्यवस्थापन समिति अध्यक्ष घाम नलाग्दै विद्यालयमा पुग्ने र साँझैसम्म काममा खट्ने गरेको विद्यालयका सहयोगी भुपाल थापाले बताए ।
समयमै विद्यालय पुगेर कक्षा सञ्चालन, पठनपाठन, अतिरिक्त क्रियाकलापबारे चासो राख्दा पनि विद्यार्थी र शिक्षकलाई अनुशासनमा डो¥याउन सहज हुने प्रधानाध्यापक कृष्ण गौतमको अनुभव छ ।
विज्ञान र प्रविधिको यस युगमा समयसापेक्ष शिक्षा हासिल गराउने उद्देश्यले विद्यालयमा आवश्यक कम्पुटर पनि उपलब्ध रहेको विद्यालयले जनाएको छ । नेपालकै कान्छो जिल्ला रुकुमपूर्वमा ११६ सरकारी तथा ५ वटा संस्थागत विद्यालय रहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
पुष २२, २०८१ सोमबार
मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
पुष २२, २०८१ सोमबार
वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
पुष २२, २०८१ सोमबार
प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद, एकजना पक्राउ
पुष २२, २०८१ सोमबार
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार