किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार ११:९:३७
३० वैशाख, तनहुँ । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो ।
किसानलाई ६० प्रतिशत अनुदानमा मौरीसहितका घार उपलब्ध गराइएको वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले जानकारी दिए । त्यसमा ४० प्रतिशत किसानको साझेदारी छ । स्थानीयलाई मह उत्पादनमा आकर्षित गर्दै ग्रामीणस्तरमा पोषण परिपूर्ति गर्ने उद्देश्यका साथ मौरीसहितको घार उपलब्ध गराइएको उनले बताए ।
वडाका हरेक किसानलाई समृद्धिसँग जोड्ने अभियानस्वरुप सहयोग गरिएको बताउँदै उनले भने, “वडाभित्रका हरेकलाई आयआर्जनसँग जोड्ने सोच राखेका छौँ । वडाले पशुपालन, कृषि, रोजगारीलाई प्राथमिकतामा राखेको छ । उद्यम गर्न चाहने सबैलाई वडा कार्यालयले सहयोग गर्नेछ । ” उत्पादित महको बजारीकरणका लागि पनि वडा कार्यालयले सहयोग गर्ने वडाध्यक्ष लामिछानेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो, किसान निरास
जेठ १०, २०८१ बिहिबार
कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढ्यो
जेठ ९, २०८१ बुधबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
स्वयम्भू महाचैत्यमा दर्शनार्थीको भीड
जेठ १०, २०८१ बिहिबार
छामघाट खोला र चुप्रा खोलाको सङ्गमस्थल
जेठ १०, २०८१ बिहिबार
खेतबारीमा लहलह झुलिरहेका अन्न
जेठ १०, २०८१ बिहिबार
बुकीमै बास बसेर यार्सागुम्बा संकलन
जेठ १०, २०८१ बिहिबार
डोजरमा यात्रा गर्दै श्रमिक
जेठ १०, २०८१ बिहिबार
अल्छि मान्दै कानुन मन्त्रालयको बैठक कोठामा छिरे कार्यदलका सदस्य, छलफल सुरु
जेठ १०, २०८१ बिहिबार