‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार ११:२:३९
३१ वैशाख, काठमाडौं । सामुदायिक विद्यालयका विद्यार्थीहरूमा जीवन उपयोगी सीप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सीप’ कार्यक्रम नतिजा भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रतिक्रिया दिएका छन् ।
‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत कक्षा ९ र १० का ‘स्केचिङ् एण्ड स्कप्चर’ विषयका विद्यार्थीले कोरेका चित्र र बनाएका मूर्तिहरूको अवलोकन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । त्यस क्रममा उनले सामुदायिक विद्यालयमा स्केचिङ् र स्कप्चरको सिप सिकाउने शिक्षकहरूसँग विद्यार्थीहरूको रुचि, शिक्षकको सीप सिकाउने विधि, अहिले विद्यार्थीले हासिल गरेको सीपको स्तरोन्नतिका विषयमा जानकारी लिएका थिए । ‘विद्यालयमा सीप सिकेका विद्यार्थीहरूलाई, एक वडा, एक उद्यम कार्यक्रमसँग जोड्न सकिन्छ ।’ उनले माटोका भाँडा बनाउने विद्यार्थीहरूको सीपको प्रसङ्ग जोड्दै भने, ‘वडा नं. ५ मा व्यवसायीक उत्पादनको तहमा पुगेको माटोका भाँडा बनाउने कार्यक्रमसँग जोड्न सकिन्छ ।’
प्रदर्शनीको समापन अवसरमा बोल्दै उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘विद्यार्थीहरूले जे गर्नुभएको छ, त्यही नै उत्कृष्ट छ । म नि पूर्ण भएपछि मात्र बाहिर आउँछु भनेर सोच्न थालियो भने सधैँ भित्रको भित्रै थुनिने हुन सक्छ ।’ उहाँले थप्दै भने, ‘विद्यार्थीहरूले रेखा कोर्न मात्र होइन, कलात्मक रेखा कोर्नुभएको छ । कोरिएका रेखाभित्र रङ्ग लगाउनु मात्र भएको छैन, कुन ठाउँमा कस्तो रङ्ग लगाउने भन्ने ज्ञानमा व्यवहार गर्न सक्ने हुनुभएको छ । यो हाम्रा लागि उत्कृष्ट नतिजा हो ।’
‘विद्यालयमा सञ्चालन गरिएका सीपमूलक कार्यक्रमबाट विद्यार्थीहरू आफ्नो अन्तरनिहित क्षमता चिन्न सक्ने भएका छन् । यसरी पहिचान गरिएको क्षमताको उपयोग गर्ने विधि छान्न सक्ने भएका छन् ।’ अवलोकनपछि उनीहरुले दिनुभएको साझा प्रतिक्रिया हो ।
शिक्षा विभागले ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा वैशाख २८ गतेदेखि प्रतिष्ठानकै कक्षमा चित्र र मूर्ति प्रदर्शनी गरेको थियो । यो प्रदर्शनी प्रतिष्ठान र महानगरपालिकाको सहकार्यको नतिजा हो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भने, ‘सामुदायिक विद्यालयहरूका विद्यार्थीहरूमा सिर्जनात्मक सीप विकासका कार्यक्रमसँगै नगर सुन्दरताका लागि कलाको उपयोगका लागि सहकार्य बढाउँदै लैजान तयार छौँ ।’
प्रतिष्ठानका वास्तुकला तथा सिर्जनात्मक कला विभागका प्रमुख सौरगंगा दर्शनधारीका अनुसार प्रदर्शनीमा ६२४ वटा चित्र र करिब करिब ६ सय वटा मूर्ति राखिएका थिए । चित्रहरूमा जनजीवन, पेशा, प्रकृति, जमिन, जनावर, चराचुरुङ्गी र पोर्टेट चित्रहरू थिए । पोर्टेट चित्रमा महानगरपालिकाका प्रमुख शाह, साहित्यकार स्व। बालकृष्ण सम, खेलाडीहरूका चित्र थिए ।
यस्तै मूर्तिकलामा धेरैजसो फूलदानी र बिर्को भएका भाँडाकुँडा थिए । यस्तै बालबालिकाले घरमा खेलौनाका रुपमा प्रयोग गर्ने आकृतिहरूमा बिरालो, मुसो, मृग, दैनिक जीवनमा आवश्यक पर्ने खाना बनाउने चुलो, तरकारी पकाउने कराही, खाना पकाउने भाँडाहरू थिए ।
महानगरपालिकाको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार विद्यार्थीहरूको संख्या, रुचि, विद्यालयको परिवेशजस्ता सूचकका आधारमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरू समावेश गरेर एउटा विद्यालयमा एउटा बाल समूह र विभिन्न १५ वटा उपसमूह गठन गरिएका छन् ।
यस्तै कक्षा ९ र १० का विद्यार्थीका लागि सञ्चालित ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत १० वटा विधा राखिएका छन् । यसरी राखिएका विधामध्ये स्केचिङ् एण्ड स्कप्चर विषयमा ९० घण्टाको तालिम विद्यार्थीहरूले बनाएका चित्र तथा आकृति कला प्रदर्शनमा राखिएका थिए ।
यसमा विश्व निकेतम मा. वि., रत्नराज्य मा. वि., ज्ञानोदय मा. वि., तरुण मा. वि., गीतामाता मा. वि., कन्या मन्दिर मा. वि., सहिद शुक्र मा. वि., पद्मकन्या विद्याश्रम मा. वि., र कोटेश्वर सरस्वती मा. वि. गरी ९ वटा विद्यालयका कला समावेश थिए । यी ९ वटा विद्यालयका १९ समूहमा सीप सिकाइ कार्यक्रम भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या
पुष १४, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार