दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १४:३३:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/pakrau_jCUHgPWxpd_e2dlQBYOqV.jpeg)
३१ वैशाख, काठमाडौं । दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र सोही ठाउँका ४८ वर्षीय जगबहादुर विक रहेका छन्।
उनीहरूलाई सोमबार कञ्चनपुर गड्डा चौकीनजिक लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।
प्रतिव्यक्ति चार लाखभन्दा बढी रकम तलब हुने भन्दै उनीहरूले अमेरिकाका लागि प्रतिव्यक्ति ४० देखि ५० लाख रकम संकलन गरेको पाइएको छ। क्यानडाको लागि उनीहरूले २२ देखि ३० लाख रूपैयाँसम्म उठाउँथे। अमेरिका र क्यानडा पठाइदिने भन्दै गिरोहले १० जना पीडितबाट ५ करोड ५० लाख रुपैयाँ रकम लिएको खुलेको छ।
भारतीय प्रहरीसँगको समन्वयमा उनीहरूलाई दिल्लीबाट पक्राउ गरेर ल्याइएको हो । सो गिरोहका ३ जना यसअघि नै पक्राउ परेका थिए । उनीहरुले अहिलेसम्म ७ करोड ५० लाख ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पीडितहरूले उनीहरु बिरुद्ध ५ करोड ५० लाख बिगो बराबरको जाहेरी दिएका छन् । यसअघि पक्राउ परेकी सिन्धुपाल्चोकको सिदुर्चे गाउँपालिका–२ घर भएर गोकर्णेश्वर बस्ने ४३ वर्षीय ङिमवटी शेर्पाका श्रीमान् दावा अमेरिकामा छन् । अमेरिकामा जेल परे पनि दावाले निकाल्ने आश्वासन दिएर अवैध बाटोबाट अमेरिका पठाउने नाममा उनीहरुले रकम असुलेका हुन् ।
यी तिनै जना नयाँदिल्लीमा बसेर संगठित रुपमा मानव तस्करी गर्ने गर्थे। उनीहरूले नेपालमा टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई एजेन्टको रूपमा राख्ने गरेका थिए। शेर्पात्रयलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।
अमेरिका लैजाँदा उनीहरूले दुबई ट्रान्जिट बनाउने गर्ने। त्यहाँबाट केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसेर ६ देखि ९ महिनासम्म पीडितलाई अलपत्र पारेर राखेको पाइएको भट्टराईले बताए।
‘केन्या र युगान्डामा सम्बन्धित देशको नागरिकसमेतलाई एजेन्ट राख्ने गरेको अनुसन्धानमा खुलेको छ,’ भट्टराईले भने। अमेरिका पुर्याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एउटा रुट प्रयोग गर्ने गरेको खुलेको छ।
तामाङ, बराल र विक दिल्लीको पहाडगञ्जस्थित होटलमा बस्ने गर्थे। उनीहरूले पीडितहरू अमेरिका प्रवेकलगत्तै जेलमा पर्ने र आफ्ना मानिसहरूले कानुनी व्यवसायी प्रयोग गरी जेल मुक्त गरेर रोजगारीमा लगाउने भन्दै पहिले नै विश्वासमा पार्ने गरेको थाहा भएको छ,’ भट्टराईले भने। पक्राउ परेका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
फागुन २, २०८१ शुक्रबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार