धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार २१:१७:३२
३१ वैशाख, धनगढी । धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते भएका छन्।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ की २२ वर्षीया बसन्ती धामी करेन्ट लागेर घाइते भएकी छन्। उनलाई सोही ठाउँको पातली लेकको जङ्गलमा स्याउला काट्ने क्रममा विद्युतको तार सर्ट भइ करेन्ट लागेको हो।
घाइते भएकी धामीको शङ्करपुर स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि भारतको पिथौरागढमा लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
यस्तै कैलालीको धनगढीमा पनि करेन्ट लागेर थप एक महिला घाइते भएकी हुन्।
धनगढी उपमहानगरपालिका–७ मनहेराकी २४ वर्षीया मेनुका चौधरी केन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ।
मेनुकालाई पानीको नालमा मोटरको प्लक जोड्दा करेन्ट लागेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ। घाइते मेनुकाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार