हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार २१:५६:२९
२ जेठ, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो । सङ्गठनले बुधबार युरोपेलीहरूसँग नुनको सेवन कम गर्न आग्रह गरेको छ ।
डब्ल्युएचओको युरोप शाखाका निर्देशक हान्स क्लुजले विज्ञप्तिमा भने, “नुनको सेवनलाई २५ प्रतिशतले कम गर्ने लक्षित नीतिहरू लागु गर्दा सन् २०३० सम्म हृदयाघातबाट करिब नौ लाख मानिसको ज्यान बचाउन सकिन्छ ।”
युरोपमा ३० देखि ७९ वर्षबीचका तीन वयस्कमध्ये एकजना उच्च रक्तचापबाट पीडित छन् । रक्तचाप प्राय नुनको अधिक सेवनले हुन्छ । डब्ल्युएचओको युरोपेली क्षेत्रका ५३ मध्ये ५१ मुलुकमा औसत दैनिक नुनको सेवन डब्ल्युएचओले सिफारिस गरेको अधिकतम पाँच ग्राम वा एक चम्चाभन्दा बढी हुन्छ । यसको मुख्य कारण प्रशोधित खाद्य पदार्थ र स्न्याक्स हो ।
“नुनको उच्च सेवनले रक्तचाप बढाउँछ, रक्तचाप हृदयाघात वा स्ट्रोकजस्ता हृदय रोगहरूका लागि प्रमुख जोखिम कारक हो”, डब्ल्युएचओले भनेको छ ।
सङ्गठनले युरोपमा रक्तचापको विस्तार विश्वमा सबैभन्दा बढी रहेको बताएको छ । सङ्गठनको प्रतिवेदनअनुसार यस क्षेत्रमा महिलाको तुलनामा पुरुषको मृत्यु हुने सम्भावना करिब अढाई गुणा बढी छ ।
हृदयाघातबाट मृत्यु हुनेमा भौगोलिक विभाजन पनि छ । पश्चिमी युरोपको तुलनामा पूर्वी युरोप तथा मध्य एसियामा हृदयाघातबाट युवा (३० देखि ६९ वर्ष समूह) मृत्यु हुने सम्भावना करिब पाँच गुणा बढी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
बंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
ललितपुरको सातदोबाटो कल सेन्टरबाट २९ जना महिलासहित ५३ जना पक्राउ
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार