प्रतिपक्षको अवरोधका बीच सभामुखले बैठक चलाएपछि संसदमा हंगामा
नेपालबहस संवाददाता
जेठ ३, २०८१ बिहिबार १८:२५:५८
३ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षको वेल घेराउ गरिरहेका बेला संसदको कारबाही प्रक्रिया अघि बढाएका कारण संसदमा ठेलाठेल भएको छ । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूबीच ठेलाठेलमा भएको हो ।
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो । सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरूले रोष्ट्रममा नाराबाजी गरिरहेका थिए । सहकारीको रकम अपचलनमा गृहमन्त्रीको असंलग्नतालाई लिएर प्रमुख प्रतिपक्षी दलले राखेको संसदीय छानबिन समिति गठन नभएपछि नेपाली कांग्रेसले संसदको बैठक अवरोध गरेको थियो ।
आजको बैठक सुरु हुना साथ कांग्रेसले वेल घेराउसहित नाराबाजी गरेको थियो । सभामुख घिमिरेले नाराबाजीमै राष्ट्रपति कार्यालयको पत्र पढ्दै कार्यसूचीमा प्रवेश गरेका थिए । बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अवरोधले संसद् बन्धक बन्न नसक्ने भन्दै अब संसदको बैठक सञ्चालन हुने बताएका थिए । सभामुख घिमिरेले आज अवरोधमै बैठक सञ्चालन गर्नुलाई नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले राजनीतिक दलको आबद्धतालाई कायम राखेको पुष्टि गरेको आरोप लगाए ।
आजको बैठकमा प्रतिपक्षीसहित सबै दल वेलमा आएर नाराबाजी गरेपछि भोलि शुक्रबारसम्म बैठक स्थगित भएको छ । बैठक स्थगित भएको सूचना सुनाएर सभामुख उठेर बाहिरिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूले सभामुखलाई जबर्जस्ती नगर्न चेतावनी दिँदै संसदीय मर्यादा कायम राख्न सभामुखलाई ध्यानाकर्षण गराए पनि सभामुख थर्काउने रणनीतिमा देखिएका थिए । उनले नाराबाजीको स्वर सानो भएको मौका पारेर बैठक सञ्चालन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार