अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
नेपालबहस संवाददाता
जेठ ३, २०८१ बिहिबार २०:५२:२७
३ जेठ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभामुख देवराज घिमिरेको कारण संसदमा मुठभेडको अवस्था आएको बताएका छन् । बिहीबार साँझ संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी उनले सभामुख घिमिरेले सदनमा जवरजस्ती कार्यसूचीमा प्रवेश गरेपछि अप्रिय स्थिति सिर्जना भएको बताएका हुन् ।
उनले आज बैठकमा उत्पन्न भएको परिस्थितिको जिम्मेवारी सभामुखले लिनुपर्ने बताए । एउटा पार्टीको नेताको आदेशपालकको रूपमा सभामुखको भूमिका रहनु दुखको विषय भएको उनले बताए । ‘यसरी निरन्तर रूपमा जाँदैन भन्ने अपेक्षा गर्छौँ । र उहाँको भूमिका जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्न सचेत गराउँछौँ’, थापाले भने ।
अब संसदीय छानबिन समिति नबनेसम्म सदनको काम कारबाही अघि नबढ्ने उनले बताए । ‘गृहमन्त्री, प्रधानमन्त्रीले बोल्ने कुरा हामीले तोक्ने होइन तर संसदीय छानबिन समिति गठन नहुँदा सम्म सदनको काम कारबाही अघि बढ्दैन,’ महामन्त्री थापाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
शासन राम्रो नहुँदा जनतामा बेचैनी बढ्योः पुर्वराजा ज्ञानेन्द्र
असोज २३, २०८१ बुधबार
प्रहरीमा मानव स्रोत व्यवस्थापनः वर्तमान अवस्थाको चित्रण
असोज २३, २०८१ बुधबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असोज २३, २०८१ बुधबार
हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो
असोज २४, २०८१ बिहिबार
ग्लोबल आइएमई बैंक र माइजोई बिच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने
असोज २४, २०८१ बिहिबार
बागलुङमा चङ्गा चेट
असोज २४, २०८१ बिहिबार
महालक्ष्मी स्मार्ट साथी’ नामक एप्लिकेसन सञ्चालनमा
असोज २४, २०८१ बिहिबार