फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन, ५ जनाको मृत्यु, दर्जनौं घाइते
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार ८:५६:४७
४ जेठ, काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको न्यू क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर तीन दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेको छ ।
यो टापु फ्रान्सले १७१ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । दंगामा हालसम्म ५ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् ।
प्रहरीले दुई सय जनालाई पक्राउ गरेको छ । फ्रान्स सरकारले नै संसदमा यस बारे जानकारी दिएको हो । सरकारले त्यहाँ १२ दिनका लागि संकटकाल लगाएको छ । यस अवधिमा सबैलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। विमानस्थल र बन्दरगाहको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । सेनाका ट्याङ्कहरू सडकमा गस्ती गरिरहेका छन्।
फ्रान्सेली न्यूज च्यानल फ्रान्स २४ का अनुसार फ्रान्सले हालै न्यू क्यालेडोनियामा मतदान नियम परिवर्तन गर्ने विधेयक पारित गरेको थियो । यो विधेयक अन्तर्गत न्यु क्यालेडोनियाका मूल निवासी बाहेक फ्रान्सबाट त्यहाँ बसोबास गर्ने व्यक्तिलाई पनि मतदान गर्ने अधिकार दिइएको छ ।
यसै सन्दर्भमा त्यहाँका तीन नगरपालिकामा ५ हजारभन्दा बढी आन्दोलनकारी विधेयकको विरोध गरिरहेका छन् । न्यू क्यालेडोनिया एउटा टापु हो । आन्दोलनकारीले विभिन्न ठाउँमा ब्यारिकेड लगाएका कारण अत्यावश्यक सेवा ठप्प भएको छ ।
आन्दोलनकारीले सहरका पसलमा लुटपाट गर्न थालेका छन् भने धेरै पसलमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूले अब फ्रान्सबाट अलग हुन चाहेको बताएका छन् । विगत केही वर्षदेखि न्यु क्यालेडोनियाका जनताले छुट्टै देशको माग गर्दै आएका छन् । आन्दोलनकारीलाई रोक्न त्यहाँ १ हजार ८ सय प्रहरी मात्रै छन् । दंगा रोक्न सरकारले टिकटकमा पनि प्रतिबन्ध लगाएको छ ।
यी दंगाको असर छिमेकी देश अष्ट्रेलियामा पनि देखिएको छ । अस्ट्रेलियाका विदेश मामिला मन्त्री पेनी वोङले मानिसहरूलाई न्यू क्यालेडोनिया नजान अपील गरेका छन् ।
ब्रिटिस नाविक जेम्स कुक पहिलो पटक व्यापार गर्ने उद्देश्यले १७७४ मा न्यू क्यालेडोनिया पुगेका थिए । त्यसपछि उनले त्यहीँबाट व्यवसाय गर्न थाले । फ्रान्सेली नाविक एन्टोइन डे ब्रुनी पनि व्यापार बढाउन त्यहाँ पुगेका थिए । १८४१ मा, बेलायतको लन्डन मिसनरी सोसाइटीले त्यहाँ आफ्नो शिविर स्थापना गर्यो । त्यतिबेला फ्रान्स र बेलायतबीच सकेसम्म धेरै देशहरू कब्जा गर्ने प्रतिस्पर्धा थियो । यस कारणले गर्दा, फ्रान्सले १८४३ बाट त्यहाँ आफ्नो नौ सेना पठाउन थाले । यसपछि दुवैबीच युद्ध भयो र सन् १८५३ मा फ्रान्सले सम्पूर्ण टापु कब्जा गर्यो । त्यसबेला देखि आजसम्म यो फ्रान्सेली कब्जामा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार