कांग्रेसले १३ पटक विश्वासको मत लिनुपर्छ भनेको छ, मलाई ६ पटकसम्म पर्ला कि जस्तो लाग्छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार १४:५४:१८
५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले छैटौँ पटकसम्म विश्वासको मत लिनुपर्ने अवस्था देखिएको बताएका छन् । जेठ ७ गते उनी चौँथो पटक विश्वासको मत लिने तयारीमा छन् । शनिवार माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते आफूले चौँथो पटक विश्वासको मत लिन लागेको जानकारी गराए ।
अब जति पटक लिनुपरे पनि विश्वासको मत लिन तयार नै हुनुपर्ने अवस्था रहेको उनको भनाइ थियो । विश्वासको मत आउँछ कि आउँदैन भनेर चिन्ता गर्ने नेताहरूलाई उनले भने,‘७ गते फेरि एकपटक विश्वासको मत लिने भनेर संसद् सचिवालयमा विश्वासको मतको लागि पत्र पठाएको छु । ७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौँथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौँ पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ ।’
जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा आफू विश्वस्त रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सहकारीसँगको विषयलाई लिएर संसद अवरुद्ध भइरहेको भन्दै आइतबार बिहानसम्म सहज रुपबाट संसद् सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताए । उनले आफूले संसदको अवरोध हटाउन केही दिन यता छलफल गरिरहेको उल्लेख गर्दै सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताए ।
बिहान प्रमुख प्रतिपक्षसँग छलफल भएको थियो । अहिले नेकपा एमालेसँग छलफल छ । भोलि बिहानसम्म कतै न कतै एउटा टुंगोमा पुगोस् भनेर लागेको छु, यो हुन्छ भन्ने विश्वास छ, यसले नीति तथा कार्यक्रम पास गर्न पनि सहज होस् र विश्वासको मत लिन पनि सहज बनाओस् भन्ने हो । मेरो जोड यसमै छ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार