'कोपिलाका सुगन्ध’ बजारमा
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार १८:१०:२५
५ जेठ, काठमाडौं । देशका विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालपन समेटिएको विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह ‘कोपिलाका सुगन्ध’ आज एक कार्यक्रमबीच विमोचन गरिएको छ ।
सीताराम–पदमकुमारी फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा हास्यकलाकार हरिवंश आचार्यले उक्त पुस्तक विमोचन गरे । उनले भने, “यो पुस्तकमा मेरो कथासहित देशका ख्यातिप्राप्त व्यक्तिहरूका कथाका विषयमा लेखिएको छ, लेखन तथा साहित्यिक क्षेत्रमा यतिसम्मको कलम चलाउन सक्नु ठूलो कुरा हो ।”
उनले मदनकृष्ण श्रेष्ठ र आफू हास्यव्यङ्ग्यकै माध्यमबाट चिनिन सफल भएका र उक्त क्षेत्रमा काम गर्दा कैयौँ पटक प्रहरी हिरासतमा परेको स्मरण सुनाए । घरपरिवारले साथ दिए साहित्यदेखि कथा, कविता र पुस्तक लेखन सहज हुने उनले बताए । अर्का हास्यकलाकार मनोज गजुरेलले विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह कोपिलाका सुगन्ध मार्मिक एवं सान्दर्भिक छ भने ।
प्रमुख अतिथि पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले देशका नाम चलेका व्यक्तिका बालापन समेटिएको पुस्तक पठनीय भएको बताए । लेखक विन्दु अधिकारी ढकालले घरपरिवार, विभिन्न राष्ट्रियस्तरका पत्रपत्रिकाका एवं सञ्चारमाध्यमको साथ र सहयोगका कारण आफूले साहित्यलगायत पुस्तक लेखनमा अघि बढ्न सफल भएको बताए । उनले आफ्ना श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालको प्रेरणाबाट लेखनमा लागेको बताए ।
ढकालद्वारा लिखित उक्त पुस्तकमा अनुराधा कोइराला, डा आशा सिंह, उर्मिला उपाध्याय गर्ग, करिष्मा मानन्धर, कालिप्रसाद बास्कोटा, कुलमान घिसिङ, कृष्णचन्द्र शर्मा, प्रा डा कृष्णहरि बराल, केदार घिमिरे 'माग्ने बुढा', गङ्गा सुवेदी, गङ्गाप्रसाद उप्रेती, गीता केशरी, गुणराज लुइँटेल, डा. चन्द्रमणि अधिकारी, जितु नेपाल 'मुन्द्रे', ढुण्डिराज शास्त्री, तिलबहादुर कार्की, दिनेशकुमार थपलिया, डा. निलम ढुङ्गाना, परशु प्रधान, पारस खड्का, प्रकाश सपुत, प्रतिभा राणा, भवानी राणा, भेषराज कँडेल, मनोज गजुरेल, महाप्रसाद अधिकारी, महावीर पुन, माधवकुमार नेपाल, प्रा माधवप्रसाद आचार्य, डा.मानबहादुर विश्कर्मा, मेलिना राई, मोदनाथ प्रश्रित, यादव खरेल, डा. यावदकुमार भट्ट, प्रा डा युवराज सङ्ग्रौला, राजेश हमाल, राधिका शाक्य, व्याकुल माइला, शङ्करप्रसाद कोइराला, शशि शाह, डा.शान्तराज सुवेदी, शेरबहादुर कुँवर केसी, सपना प्रधान मल्ल, सर्वेन्द्र खनाल, सीताराम कट्टेल 'धुर्मुस', सुनिल पोख्रेल, सुशीला कार्की तथा हरिवंश आचार्यका बालपन समेटिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
धर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
यस्ता छन् माओवादीले पारित गरेका १६ वटा प्रस्तावहरू (पूर्णपाठ)
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न अनुमति
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष प्रचण्ड
पुष २३, २०८१ मंगलबार
पूर्वसमूह खोज्नतिर होइन, भरभराउँदो आजको एमाले खोजौँ : अध्यक्ष ओली
पुष २३, २०८१ मंगलबार