गोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार ११:५९:२१
७ जेठ, कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । धनगढी–दीपायल द्रुत मार्गअन्तर्गत चुरे फेदमा रहेको हाटखोली तराईको गर्मी छल्न जाने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
बालबच्चासहित हाटखोली पुगेका धनगढी उपमहानगरपालिका–६ मटियारीका खेमराज पाठकले तराईको गर्मी छल्न परिवारसहित यहाँ आएको बताए । हाटखोली भएर बग्ने खुटिया नदीमा नुहाउन र यहाँको प्राकृतिक सुन्दरतासँग रमाउन उनी जस्तै धेरै मानिसहरू यहाँ आउने गरेका छन् ।
“हाटखोली आएर पौडी खेलेका तस्बिर फेसबुकमा थुप्रै हेरेको थिए । तस्बिरमा यहाँको प्राकृतिक सौन्दर्यता हेर्दा मोहित बनायो”, उनले भने, “यही पुगेर पौडी खेल्दा खुबै आनन्द आउँदो रहेछ । ठाउँ पनि रमणीय छ ।”
गर्मी छल्नमात्र नभई पिकनिक (वनभोज) खान, त्यहाँको प्राकृतिक र जैविक विविधताको अवलोकन, मन्दिरमा दर्शन गर्न पनि मानिसहरू हाटखोलीमा पुग्ने गर्छन् । अन्य दिनको तुलनामा शनिबार बढी भीड हुने गरेको छ ।
चुरे गाउँपालिका–४ र गोदावरी नगरपालिका–४ जोड्ने झोलुङ्गे पुल पनि पर्यटकको मुख्य रोजाइ बन्ने गरेको चुरे गाउँपालिका–४ का स्थानीय हेमराज विष्ट बताउँछन् । पछिल्लो सयम त्यहाँ पुगेर सेल्फी खिच्ने, टिकटक बनाउनेको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । उनको ग्वाला देउ मन्दिर पनि धार्मिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको उनले बताए ।
“प्राचीनकालदेखि नै गोठालाले पुज्ने गरेको सो मन्दिरमा दर्शन गर्न जानेको घुइँचो लाग्ने गरेको जनाइएको छ । मन्दिरमा विवाह, ब्रतबन्ध पनि हुने गरेका छन् । आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि पूर्वाधार विकास सकेका छैनन् । यसतर्फ सरकारको ध्यान जान जरुरी छ”, विष्टले भने ।
स्थानीय प्रेम गुरुङले पर्यटकीय गतिविधि बढेपछि पछिल्लो समय होटेल खुल्नेक्रम थपिए जस्तै अन्य पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने बताए । “पर्यटकीय गतिविधि त बढे, अब यसबाट लाभ लिने गरी पूर्वाधार विकास र व्यवस्थापनका काम गर्नुपर्छ । त्यसले आर्थिक क्रियाकलाप बढोत्तरीमा टेवा पु¥याउने छ”, गुरुङको भनाइ थियो ।
सो क्षेत्रमा वनभोज स्थलको विकास, प्राकृतिक तालको संरक्षण, मठमन्दिरलाई व्यवस्थित गरेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको गोदावरी नगरपालिकाले जनाएको छ । हाटखोली क्षेत्रको मष्टाधामको पूर्वाधार विस्तारको काम भइरहेकाले अगामी वर्षमा जाजरी झरना, ग्वालादेउ मन्दिरको पूर्वाधार विकास र साइकल पदयात्रा विस्तारको काम गर्ने नगरपालिकाको योजना छ । हाटखोली पूर्वपश्चिम राजमार्गमा पर्ने स्याउले बजारबाट करिब आठ किलोमिटरको दूरीमा उत्तरचुरे फेदीमा अवस्थित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार