आम्दानीको स्रोत बन्दै बगरखेती
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार १५:५५:८
७ जेठ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर जोड्ने वनहरा पुल छेउमा खरले बनेका स–साना छाप्रा देखिन्छन् । महेन्द्रनगरस्थित पूर्वपश्चिम राजमार्ग छेउमा राखिएका यी छाप्रा यहाँका किसानको जीविकोपार्जनको स्रोत बनेको छ ।
राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुको यहाँ खरबुजा काँक्रा, लौकालगायत तरकारी किन्न घुइँचो लाग्ने गर्दछ । यहाँका विपन्न समुदायका नागरिकले राजमार्ग छेउमा रहेको बगरमा तरकारीखेती गरेर जीविकोपार्जन गर्दै आएका छन् ।
पुसरमाघमा बगरमा रोपिएको तरकारी तयार भएपछि बेच्नका लागि हरेक वर्ष यसैगरी राजमार्ग छेउमा पसल थाप्ने गरेको किसान रामकृष्ण चौधरीले बताए । “बगरखेतीबाट प्रशस्त आम्दानी भइरहेको छ । लागत कटाएर रु दुई लाखसम्म बचत हुन्छ”, उनले भने, “दुई बिघा पाँच कठ्ठा जग्गामा खेती गरेको थिएँ ।” उहाँले बगरखेती सकिएपछि रोजगारीका लागि भारत जाने गरेको बताए ।
“सिजनमा राम्रो कमाइ हुने भएकाले यहाँ आउँछु अन्य बेला भारतमा रोजगारी गर्छु”, चौधरीले भने, “ग्राकहको पनि समस्या हुँदैन राजमार्गमा ओहोरदोहोर गर्नेहरुले किन्ने गरेका छन् ।”
कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर जोड्ने वनहरा पुल छेउमा झण्डै एकसय परिवार मुक्तकमैयाको बसोबास छ । कमैया मुक्तिको घोषणापछि पुनःस्थापना हुँदा सरकारले पाँच कठ्ठा जग्गा दिएको थियो । खोला किनारको बलौटे जग्गामा अन्न नफल्ने भएकाले यहाँका स्थानीयलाई साँझबिहानको छाक टार्न निकै सकस हुने गर्दछ । परिवारको जोहो गर्नकै लागि बगरमा तरकारी खेती गर्नुपरेको मानमति रानाले बताइन् ।
“कमाइखान जग्गा छैन बगर खेतीकै भर पर्नुपर्छ”, रानाले भनिन्, “बगरखेतीबाट सिजनमा रु दुई लाखसम्म कमाइ हुन्छ, यसले छ महिना मात्रै खान पुग्छ ।” उनले बाँकी समयमा मजदुरी गरेर जीविकोपार्जन गरिरहेको बताइन् ।
खुसीरामा चौधरीले अन्य समयमा मजदुरीको काम गर्ने गरेको बताए । अहिले उनी बगरखेतीको उत्पादन बिक्रीमा व्यस्त छन् । “राजमार्ग छेउमा तरबुजा, लौका, काँक्रो, फर्सी, घिरौँलालगायत तरकारी बिक्री गर्ने गरेको छु”, उनले भने, “दिनमा रु चार÷पाँच हजारको बिक्री हुन्छ ।”
पहिले भारतीय नागरिक आएर बगर तथा खाली जमिनमा तरबुजा, काँक्रा, लौका, फर्सीलगायतका खेती गर्दथे । अहिले कञ्चनपुरमा त्यसरी तरकारी खेती गर्ने भारतीय नागरिक निकै कम हुँदै गएका छन् । यसले एकातिर भारतबाट विषाक्त तरकारी आयात हुन रोकेको छ भने अर्कातिर नेपाली युवाहरुले रोजगारी पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै
मंसिर १७, २०८१ सोमबार
किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार