सडकबाट संस्थाको शरणमा पुगेका असहाय बालबालिका पढाइमा प्रथम
इन्द्र रिजाल
बैशाख १२, २०७६ बिहिबार २२:१६:१०
काठमाडौं । कुनै समय सडकमा भौतारिएर हिँड्ने गरेका बालबालिका अहिले भने पढाइमा अब्बल बन्दै गएका छन् । सहाराविहीन बनेर सडकमा हिँडिरहेका बालबालिकामध्ये कतिपयले अहिले कक्षामा प्रथम हुन सफल भएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित असहाय बाल विकास नेपाल र तुलसीपुर–६ डुंम्रिगाउँस्थित दिदीघर संस्थाले पालन पोषण तथा शिक्षा दिक्षा दिइरहेका बालबालिकामध्ये केही विद्यार्थी कक्षामा प्रथम हुन सफल भएका हुन् ।
असहाय बाल विकास नेपालका १४ मध्ये तीन र दिदी घर संस्थाका छ मध्ये एक जना विद्यार्थी आफ्नो कक्षामा प्रथम भएको छ । तुलसीपुर–७ हलवारमा रहेका पब्लिक ज्ञान ज्योतिमा अध्ययन गर्दै आएका असहाय बालविकास नेपाल बिजौरीका बालबालिकामध्ये रोल्पाकी अनिशा भुजेलले कक्षा ३ को ‘सि’ सेक्सनबाट ९५ दशमलव ४३ प्रतिशत ल्याएर कक्षामै प्रथम हुन सफल भएको छ । त्यस्तै रुकुमका बादल विकले एलकेजीको ‘ए’ सेक्सनबाट ९८ दशमलव १४ प्रतिशत ल्याएर कक्षा प्रथम हुन सफल भएका हुन् भने रुकुमका रमेश बोहराले पनि कक्षा युकेजीको ‘सि’ सेक्सनबाट ९६ दशमलव ७१ प्रतिशत अङ्क ल्याएर कक्षा प्रथम हुन सफल भएका छन् ।
साथै अन्य विद्यार्थीले पनि ८५ प्रतिशतभन्दा बढी अङ्क ल्याउन सफल भएका छन् । जसमध्ये युकेजीबाट रुकुमकी शारदा बिसीले ९५ दशमलव ४३ प्रतिशत, दाङकी विष्णु विकले ९१ दशमलव ५७ प्रतिशत र रोल्पाका अविनास भुजेलले ९० दशमलव ४३ प्रतिशत ल्याउन सफल भएका छन् । त्यस्तै कक्षा १ बाट रुकुमकी सीता विकले ९४ दशमलव ५७ र रुकुमकै प्रकाश विकले ९२ दशमलव २१ प्रतिशत अङ्क ल्याउन सफल भएका छन् । कक्षा २ बाट रुकुमका अमृत शर्माले ९३ दशमलव ७ प्रतिशत अङ्क ल्याउन सफल भएका छन् ।
त्यस्तै कक्षा ३ बाट जुम्लाका सङ्गीता बुढाथोकीले ८८ दशमलव ७१ प्रतिशत, रुकुमका चेतना शर्माले ८७ दशमलव ७७ प्रतिशत, रुकुमका मोतिराम बुढाले ८६ दशमलव ८८ प्रतिशत, रुकुमकै अमृती बुढाथोकीले ८६ दशमलव ५७ प्रतिशत, रोल्पाका अर्जुन बस्नेतले ६८ दशमलव ५७ प्रतिशत ल्याएका छन् ।
अहिले आमा–बुबा नभएर सहाराविहीन बनेका बालबालिकालाई तुलसीपुर–१८ बिजौरीमा रहेको असहाय बाल विकास केन्द्रले पालनपोषण तथा शिक्षादीक्षा दिने गरेको छ । नियमित विद्यालय जानुका साथै घरमा पनि शिक्षक राखेर अध्यापन गराएका विद्यार्थीले राम्रो नतिजा ल्याउन सफल भएको संस्थाका अध्यक्ष विष्णु चौधरीले बताए ।
यस्तै उनले आफूले बालबालिकाको भविष्यका लागि गरेको योगदानले सार्थकता पाएको बताए । “बालबालिकाको भविष्यका लागि मैले जुन योगदान गरेको छु”, उनले भने, “उक्त योगदानले गर्दा नै अहिले बालबालिकाले उत्कृष्ट अङ्क ल्याउन सफल भए ।” उक्त संस्थाले सहाराविहीन भएका दाङ रुकुम, प्युठान, जुम्लालगायत बालबालिकालाई पालनपोषण तथा शिक्षादीक्षा दिँदै आएको छ ।
चौधरी कक्षा प्रथम
त्यस्तै तुलसीपुर–६ को ग्रेट अरणीका माविमा अध्ययन गरिरहेका दिदीघर संस्थाका बालबालिकामध्ये युकेजीबाट ‘ए प्लस’ ल्याएर तुलसीपुरको बन्गैँकी मञ्जु चौधरीले कक्षा प्रथम हुन सफल भएको हो । अन्य पाँच विद्यार्थीमध्ये चारले ‘ए प्लस’ र एकले ‘ए’ ग्रेट ल्याउन सफल भएका छन् ।
कक्षा २ बाट तुलसीपुरकी अञ्जना चौधरीले ‘ए प्लस ल्याउन सफल भएका हुन्। त्यस्तै कक्षा युकेजीबाट मानपुरकी सुस्मिता चौधरी, फुलबारीका प्रेम चौधरी, फूलबारीकै सुष्मा चौधरीले ‘ए प्लस’ ल्याउन सफल भएका छन्, भने मीना चौधरीले ‘ए’ ग्रेड ल्याउन सफल भएका हुन् । उनीहरुलाई भबिष्यमा देशको कर्णधार भएको देख्ने योजनाअनुसार आमाबुबा अशक्त भएका तथा आमाबुबा नै नभएका छ जना बालबालिकालाई पठनपाठन गराउँदै आएको तुलसीपुर–६ डुम्री गाउँमा रहेको दिदीघर संस्थाका अध्यक्ष स्यानी चौधरीले बताए । “अहिले उनीहरु सहारा नपाएर पढ्न नपाउने अवस्थामा हामीले जिम्मा लिएर पठन–पाठन गराइरहेका छौँ”, उनले भने, “पढाएर भविष्यमा ठूलो मान्छे बनाउने मेरो धोको छ ।” लमहीबाट दीपक बोहराको सहयोगमा
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
पुष २२, २०८१ सोमबार
मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
पुष २२, २०८१ सोमबार
वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
पुष २२, २०८१ सोमबार
प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद, एकजना पक्राउ
पुष २२, २०८१ सोमबार
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
सरकारले बढायो सार्वजनिक यातायातको भाडा
पुष २२, २०८१ सोमबार