मार्शल लगाएर प्रतिनिधि सभाबाट धन्यवाद प्रस्ताव पारित, प्रधानमन्त्रीलाई स्कर्टिङ
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १३:२५:२७
८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । अर्को बैठक जेठ ११ गते बस्नेछ । आजको बैठक पनि सभामुखले मार्शल लगाएर सञ्चालन गरेका थिए । मर्यादापालकको धकेलाधकेल बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिइएको थियो । कांग्रेस सांसदहरूले अवरोध गरिरहेका बेला सभामुखले प्रक्रिया अगाडि बढाएका हुन् ।
कडा सुरक्षाका बीचमा कांग्रेस सांसदहरूलाई मर्यादापालकले धकेलाधकेल गराउँदै प्रधानमन्त्री प्रचण्डलाई रोष्ट्रममा पुर्याएका थिए । प्रधानमन्त्रीले टेबुल गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुखले घोषणा गरेका थिए । सभामुख देवराज घिमिरेले मंगलबार (आज) पनि प्रतिपक्षले वेल घेरेको समयमै बैठकका काम कारबाही सञ्चालन गरेका हुन् ।
घिमिरेले अवरोधमै संसद् सञ्चालन गर्दा प्रधानमन्त्री प्रचण्ड मार्सल लगाएर स्कर्टिङमा रोष्ट्रम पुगेका थिए । सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गरिदिएकोमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव राखेका थिए । उनले प्रस्ताव राखेपछि मार्सलकै सहारामा आफ्नाे आसनमा फर्किए ।
राष्ट्रप्रमुखलाई धन्यवाद दिने प्रस्ताव प्रमुख प्रतिपक्षसहित प्रतिपक्षीको नाराबाजीमै सभामुख घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे । सत्तापक्षका सांसदहरूले हुन्छ भने तर, विपक्षीको नाराबाजी चलिरहेका बेला सभामुखले हुन्न भन्ने आवाज नसुनिएको बताए । उनले नीति तथा कार्यक्रममा छलफलका लागि अर्को बैठक यही जेठ ११ गते तोकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार