सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
मुनाफाका महत्वपूर्ण सूचक सबै घटे, आम्दानीको मुहान नै घट्यो
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार २०:३०:२२
८ जेठ, काठमाडौं । सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा रहेको छ । बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको कुल मुनाफामा करिब १६ प्रतिशतको गिरावट आएको छ भने वितरण योग्य मुनाफामा ३७ प्रतिशतको गिरावट आएको छ । गत वर्ष यस अवधिसम्म १ अर्ब माथि रहेको वितरण योग्य मुनाफा अहिले घटेर ७५ करोडमा सीमित हुन पुगेको छ ।
प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । प्रमुख आम्दानीको श्रोत घट्नुलाई त्यति राम्रो मानिँदैन । गैह्र आवासीय नेपाली (एनआएनए) हरुको प्रमुख लगानी रहेको सानिमा बैंकको प्रमुख वित्तीय सूचकहरूमा पनि भारी गिरावट आएको छ ।
यस बैंकमा संचालक समितिको अध्यक्षमा टुकप्रसाद पौडेल रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा गायत्री थापा, केशवप्रसाद आचार्य, रमेशकुमार पोखरेल, आशुतोष उपाध्याय र बलराम पराजुली रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ निश्चलराज पाण्डेदेखि डेपुटी सीईओमा तेजबहादुर चन्द र पवनकुमार आचार्य तथा सहायक सीईओका रुपमा बबी सिंह गड्तौला रहेका छन् । त्यस्तै बैंकको विभागीय प्रमुखहरूमा सुजीत ढकाल, विभोर झा, रोशन चन्द्र गौतम, हिटलर श्रेष्ठ, हेमराज सञ्जेल, नारायणप्रसाद खतिवडा लगायत छन् ।
कस्तो आयो सानिमा बैंक लिमिटेडको आर्थिक वर्ष २०८०–८१ के तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् ९ महिनाको अवधिमा बैंकले जम्मा १ अर्ब ४३ करोड खुद मुनाफा गरेको छ । जब की गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ७१ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफा १५.९० प्रतिशत घटेको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब ९३ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब ५८ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानी ७.२२ प्रतिशत घटेको छ । त्यस्तै, संचालन मुनाफा १६.८४ प्रतिशत घटेर २ अर्ब ६ करोड पुगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा संचालन मुनाफा २ अर्ब ४८ करोड थियो ।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १४.२७ रुपैयाँ हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १८.५० रुपैयाँ थियो ।
वितरण योग्य मुनाफाः
कम्पनीको वितरण योग्य मुनाफा जम्मा ७५ करोड ६८ लाख रहेको छ । गत आर्थिक वर्ष वितरण योग्य मुनाफा १ अर्ब २० करोड ४७ लाख थियो ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ खर्ब ८६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९÷८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन जम्मा ६.३८ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह जम्मा १०.२८ प्रतिशतले बढेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष २०.२९ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड पुगेको छ भने संचित मुनाफामा ७५ करोड संचित छ ।
किताबी मूल्यः
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १४७.२४ रुपैयाँ आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा घट्दै १.८९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा खराब कर्जा २.२७ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर घट्दै ८.३५ प्रतिशत पुगेको छ । स्प्रेडदर ४.०० प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४.२० प्रतिशत थियो ।
ठुला शेयरधनीः
आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठुलो शेयरधनीमा अरुण कुमार ओझा रहेका छन् । बैंकमा उनको ७ दशमलव ९४ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
लाभांश इतिहासः
कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ९ प्रतिशत बोनस र ५ दशमलव ७० प्रतिशत नगद लाभांश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार