अमेरिकाको राष्ट्रपतिका लागि बिदेनले गरे उम्मेदवारी घोषणा
इन्द्र रिजाल
बैशाख १२, २०७६ शुक्रबार ०:५७:१६
काठमाडौं । अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० मा टक्कर दिनका लागि अहिलेसम्म देखिएकामध्ये डेमोक्र्याटतर्फका उहाँ एक शसक्त नेता मानिन्छन् ।
अत्यन्त अनुभवी र चिरपरिचित तथा लोकप्रिय ७६ बर्षीय नेता विदेन पछिल्ला मत सर्वेक्षणहरुमा पनि अगाडि देखिएका छन् ।
ट्वीटरमार्फत् साढे तीन मिनेटको भिडियो सार्वजनिक गर्दै उनले आधारभूत रुपमा राष्ट्रका लागि आफू फरक उम्मेदवार भएको बताएका छन् ।
“देशको खास महत्व, विश्वमा हाम्रो उपस्थिति, हाम्रो लोकतन्त्र यी र यस्तै विषयहरूले अमेरिकालाई अमेरिका बनाएको छ, यही नै हाम्रो आधार हो,” उहाँले ट्वीटरमा लेखेका छन् ।
“त्यसैले मैले अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको हुँ,” उनले थप स्पष्ट पार्दै लेखेका छन् ।
अमेरिकाको राजनीतिमा झण्डै आधा दशक सक्रिय रहेका विदेनले देशको नेतृत्व तहबाट देशको सेवाका लागि अवसर दिन आह्वान गरेका छन् ।
उनले पूर्व राष्ट्रपति वाराक ओवामाको कार्यकालमा आठ बर्षसम्म उपराष्ट्रपति भएर काम गरेका थिए।
आउँदो निर्वाचनका लागि अमेरिकामा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भएको छ । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार