लहानमा चिया पसलेको हत्या, एक जना पक्राउ !
इन्द्र रिजाल
बैशाख १२, २०७६ शुक्रबार १:१४:४४
लहान । सापटी लिएको रकम फिर्ता नदिएको निहुँमा चिया पसले वृद्धको हत्या गरेको आरोपमा सिरहा प्रहरीले एकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सापटी लिएको रु चार हजार ५०० मध्ये रु तीन हजार फिर्ता नदिएको निहुँमा लहान नगरपालिका–९ गोठटोलका ६९ वर्षीय रतनबहादुर तामाङको हत्या गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराज नगरपालिका–३ निवासी ५५ वर्षीय ज्ञानबहादुर थापामगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
धनगढीमाई नगरपालिका–१० स्थित राममन्दिर परिसरबाट पक्राउ परेका थापामगरलाई इलाका प्रहरी कार्यालय लहानमा राखी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
तामाङको शव गत शनिबार लहान नगरपालिका–१७ स्थित गोबिन्दपुरगढी स्थानको किनारमा फेला परेको थियो । धारिलो हतियार प्रहार गरी तामाङको हत्या भएको घटना प्रकृतिबाट देखिएपछि अनुसन्धान गर्दै जाँदा थापामगरको संलग्नता पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
धुलो उडाएपछि सडक अवरुद्ध
टिपरले धुलो उडाएर वातावरण प्रदुषण बनाएकोे भन्दै स्थानीयवासीले आज सिरहाको मिर्चैयामा सडक अवरुद्ध पारेका छन् । सिद्धिचरण राजमार्गअन्तर्गत कटारी सडकखण्डमा ‘ओभरलोड’ गरेर चल्ने टिपरले बाटोमा धुलो उडाएर हैरान बनाएको भन्दै स्थानीयवासीले मिर्चैयाको कटारीचोकमा सडक अवरुद्ध पारेका हुन् ।
सिरहाको चोहर्वास्थित मारुती, सौर्य र कसमस सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिपर ठूलो सङ्ख्यामा दिनहुँ चले पनि सडकमा नियमितरूपमा पानी नहाल्दा स्वास्थ्यमा असर पारेकाले बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीय सञ्जीव यादवले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकटहरियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता
असोज २, २०८१ बुधबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
सुडान घोटाला प्रकरणमा दोषी ठहर राणाको पेन्सनसम्बन्धी रिट शर्मा र सुवेदीको इजलासमा
असोज ४, २०८१ शुक्रबार
मनाङको तालगाउँमा खेलाडी र कलाकारले भरिभराउ
असोज ४, २०८१ शुक्रबार