घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार २१:१९:३०
९ जेठ, घोडाघोडी (कैलाली) । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी गरिएको छ ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा घोडाघोडीमा तस्बिर प्रदर्शनी गरिएको पन्छी संरक्षण सङ्घका फिल्ड सहजकर्ता हिरालाल डगौराले जानकारी दिए । डिभिजन वन कार्यालय पहलमानपुुरको आयोजना तथा पन्छी संरक्षण सङ्घको व्यवस्थापनमा गरिएको तस्बिर प्रदर्शनीमा घोडाघोडी क्षेत्रमा पाइने ६५ प्रजातिका चराको तस्बिर प्रदर्शनी गरिएको उनले बताए ।
नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) घोषणा गरिएको घोडाघोडीमा तीन सय ६० प्रजातिका चरा पाइन्छन् । चराहरूको फोटो प्रदर्शनी गर्दा निकै सुन्दर देखिएको घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले बताए ।
उनले भने, “चराहरू फोटोमा जति सुन्दर देखिएका छन् यिनको संरक्षण गरे वास्तविक रुपमा नै हेर्न पाइने छ । फोटो प्रदर्शनीले घोडाघोडीमा रहेका चराको संरक्षण र पर्यटन विकासका लागि टेवा पुग्ने विश्वास लिइएको छ ।”
चरा संरक्षणप्रति जनचेतना जगाउने फोटो प्रदर्शनी गरिएको डिभिजन वन कार्यालय पहलमानपुुरका डिभिजनल वन अधिकृत राम बिचारी ठाकुरले बताए । केही समय पहिले पनि घोडाघोडी तालको मिचाहा प्रजाति हटाउने कार्य गरेको बताउँदै उनले भने, “घोडाघोडीको संरक्षणमा जनचेतना जगाउनका लागि अन्य कार्यहरू पनि गरिरहेका छौँ ।”
उनले फोटो प्रदर्शनीले आगामी दिनमा चराहरूको संरक्षण गर्नका लागि स्थानीयहरूमा जनचेतना जाग्ने विश्वास समेत व्यक्त गरे । घोडाघोडी क्षेत्रको जैविक विविधतामा असर नपुग्ने गरी विकासको ढाँचा ल्याउनुपर्ने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीका निमित्त प्रमुख डबलबहादुुर बोहोराको भनाइ छ । वन ऐनअनुसार सिमसार क्षेत्र व्यवस्थापनको अधिकार सङ्घीय सरकारलाई रहेको बताउँदै उनले भने, “तीन वटै तहका सरकार मिलेर व्यवस्थापनमा समन्वय गर्नुपर्छ ।”
कार्यक्रममा वन विभागका निवर्तमान सहसचिव श्रीप्रसाद बराल, वसन्ता वन परिषदका अध्यक्ष पुुष्कलबहादुुर बम, डल्फिन संरक्षण केन्द्रका विजयराज श्रेष्ठ, चरा संरक्षण सञ्जाल कैलालीका अध्यक्ष दयाराम चौधरी, घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष हेम बमले जैविक विविधता र संरक्षणबारे धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउने भीड
पुष २१, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार
मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल
पुष २१, २०८१ आइतबार
अमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार