पोप फ्रान्सिसमाथि समलिङ्गी बारे अभद्र टिप्पणी गरेको आरोप
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार १४:४७:४५
१५ जेठ, काठमाडौं । पोप फ्रान्सिसमाथि समलिङ्गी पुरुषबारे अभद्र टिप्पणी गरेको आरोप लागेको छ । सीएनएनको रिपोर्टका अनुसार पोप फ्रान्सिसले बन्द कोठा बैठकमा समलिङ्गी व्यक्तिहरूका लागि इटालियन भाषामा निकै आपत्तिजनक शब्द प्रयोग गरेको दाबि गरिएको हो ।
पोप फ्रान्सिसले समलिङ्गी पुरुषहरूलाई वर्णन गर्न 'फ्यागोट' शब्द प्रयोग गरेको रिपोर्टले दाबी गरेको छ । पोप फ्रान्सिसले इटालीका विशपहरूलाई समलिङ्गी पुरुषहरूलाई पुरोहितको लागि प्रशिक्षण नदिन आग्रह गरेका छन् ।
बीबीसी रिपोर्टका अनुसार अन्य इटालियन समाचार एजेन्सीहरूले स्रोतलाई उद्धृत गर्दै पोपको यो भनाइको पुष्टि गरेका छन् ।
भ्याटिकनले पोप फ्रान्सिसको आपत्तिजनक भनाइमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । स्पेनिस भाषी देश अर्जेन्टिनामा जन्मिएका पोप फ्रान्सिसलाई यो इटालियन शब्दको स्पष्ट अर्थ थाहा नहुन सक्छ भन्ने पोपका समर्थकहरूको विश्वास रहेको पनि केही सञ्चारमाध्यममा बताइएको छ । फ्यागोट शब्द सामान्यतया समलिङ्गी पुरुषहरूको अव्यवस्थित व्यवहारको वर्णन गर्न प्रयोग गरिन्छ । यो एलजीबिटिक्यू समुदायद्वारा आलोचना गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार