तनहुँको खैरेनीटार जोड्ने सडकको स्तरोन्नती गर्दै निर्माण सुरु
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार १३:२६:१८
१६ जेठ, स्याङ्जा । पुतलीबजार नगरपालिकाको आर्थिक बर्ष २०८०-०८१ को गौरवको आयोजना अन्तर्गत दुई जिल्ला जोड्ने छोटो दुरीको सडक निर्माण शुरु भएको छ । स्याङ्जा सदरमुकामबाट तनहुँको खैरेनीटार जोड्ने सडकको स्तरोन्नती गर्दै निर्माण सुरु हुने भएको हो । विश्व बैंकको ऋण सहयोग तथा नेपाल सरकारको अनुदानमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गतको नगरपालिकाको रणनीतिक सडक निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ ।
पुतलीबजार नगरपालिका स्थित प्रगतीनगरवाट सुरु हुने आयोजना ७.६ किलोमिटर सडक पूर्वाधार निर्माण हुने पुतलीबजार नगरपालिकाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । कुल ४० करोड ८ लाख ८५ हजार ३ सय ७६ रुपैया लागतमा निर्माण सम्झौता भएको आयोजना सम्झौताको १५ महिनामा निर्माण सम्पन्न हुनुपर्ने छ ।
आयोजना निर्माणको जिम्मा लामा कन्ट्रक्सन प्रा.लि काठमाडाैंले सम्झौता गरेको छ । गत चैत्र २६ सम्झौता गरेको निर्माण कम्पनीले दुई महिनाको अवधिमा ४ प्रतिशत भौतिक प्रगती गरिसकेको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । आयोजनाको काम २०८२ असार २५ गते सम्पन्न गरि सक्नुपर्ने गरी सम्झौता भएको नगर प्रमुख रेग्मीले पत्रकार सम्मेलनमा बताए ।
आयोजना निर्माणका लागि पुतलीबजार नगरपालिकाले स्थानीय नदीजन्य वस्तुको उत्खनन् गर्न दिने भएको छ । नगरपालिकाले नगरको गौरवको आयोजना छोटो समयमा निर्माण गरि सक्नुपर्ने र निर्धारित समयमा सम्पन्न हुन नसकेमा आयोजनाको पूर्ण दायित्व नगरपालिकालाई पर्ने भएकाले नदीजन्य वस्तु उत्खनन र संकलनका लागि मेसिन उपकरण प्रयोग गर्न दिने गरी नगर कार्यपालिकाबाट निर्णय गरिएको नगर प्रमुख रेग्मीले बताए ।
नगर प्रमुख रेग्मीका अनुसार नगरपालिकाले स्थानीय आँधीखोलावाट नदीजन्य वस्तु उत्खननका लागि वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन अनुसार वाड नं १, १४, १० र १३ वाट आँधीखोलाको छिडी र खल्लुवोटवाट ५५ सय घन मिटर नदीजन्य वस्तु उत्खनन गर्न अनुमति दिने निर्णय गरेको जानकारी दिएका छन् ।
आयोजनाका लागि यस अवधीका लागि वाड नं १४ मा नदीवाट ३० मिटर बाहिर अस्थायी क्रसर राख्न समेत अनुमति दिने निर्णय भएको नगर प्रमुख रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिए । नगर तथा जिल्लाकै गौरवको आयोजना भएका कारण जिल्ला स्थित सरकारी निकाय, संघ संस्था सबैलाई सहयोग गर्न पत्रकार सम्मेलन मार्फत आग्रह समेत गरे ।
दुई जिल्ला जोड्ने रणनीतिक सडक अन्तर्गतको यो सडक तनहुँको खैरेनीटार सम्म झण्डै २५ किलोमिटर दुरीमा पुग्न सकिने हुनेछ । जुन सडक निर्माण भएपछि खैरेनीटार हुँदै दमौली, मुङलिङ हुँदै पूर्व तर्फका यात्राका लागि निकै सहज वन्ने नगर उपप्रमुख देवी अर्यालले जानकारी दिइन ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी पौडेलका अनुसार आयोजना अन्तर्गत सडक निर्माणको काम यस नगरपालिकाको ३, ८ र ९ नंवर वडामा हुने जानकारी दिए । अन्तराष्ट्रिय मापदण्ड अनुरूप निर्माण हुने सडक ५.५ मिटर चौडाईको अस्पाल्ट, २ मिटर चौडाईको सोल्डर र १ चौडाईको ड्रेन सहित सुरक्षा पर्खाल निर्माण हुनेछ । यो सडक निर्माण भएपछि स्याङ्जावासीलाई सहज हुने नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार