भारतको दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार ९:५०:१०
१६ जेठ, काठमाडौं । गर्मीको लहरको सामना गरिरहेको भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। भारतको मौसम विज्ञान विभागले दिल्लीको तापक्रम ५२.३ पुगेको जानकारी दिएको हो ।
मौसम विभागका अनुसार दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम हो । उत्तर-पश्चिम दिल्लीको मुंगेशपुरमा रहेको भारतीय मौसम विभागको मौसम स्टेसनले बुधबार दिउँसो २.३० बजे करिब ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको थियो ।
मंगलबार सोही स्टेसनमा ४९.९ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । मंगलबार दिल्लीको नजफगढ मौसम केन्द्रमा पनि ४९.८ डिग्री सेल्सियसको तापक्रम रेकर्ड गरिएको थियो । उही समयमा, दिल्लीको दुई मौसम स्टेशनहरुमा रेकर्ड गरिएको तापक्रमको अघिल्लो रेकर्ड - एक दक्षिण दिल्ली र एक आर्य नगरमा मंगलबार पनि तोडिएको थियो । भारतको कुनै पनि भागमा ५२.३ डिग्री सेल्सियसको तापक्रम अहिलेसम्म रेकर्ड गरिएको थिएन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
बंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार