पेशी दोहोरिने प्रकरणः अदालतको सिस्टमबाटै हुन्छ कि नियतबस गरिन्छ ?
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार १३:२१:२०
१७ जेठ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा एउटै न्यायाधीशको इजलासमा परेपछि स्थगित गरिएको छ । बुधबार पनि यो मुद्दा न्यायाधीश सुनिल पोखरेलकै इजलासमा परेको थियो । उनले हेर्न नमिल्ने दावी गर्दै बुधबार स्थगित गरिएको मुद्दा बिहीबार पनि उनकै इजलासमा परेकाले पुनः स्थगित गर्नुपर्यो । तर एउटै मुद्दा दोहोरिएर कसरी सोही न्यायाधीशको इजलासमा पर्छ भन्ने जिज्ञासा पनि उत्पन्न गराएको छ ।
अहिले अदालतमा पेशी तोक्ने काम प्रविधिबाट सुरु गरिएको छ । कम्प्युटर सिस्टमबाट पेशी तोक्दा मुद्दामा अनावश्यक चलखेल बन्द भएको दावी सर्वोच्च प्रशासनले गरिरहेको छ । अहिले पेशी तोक्ने काम मात्र नभएर मुद्दाको निवेदन नै अनलाइन सिस्टमबाट लिने काम पनि सुरु भइसकेको छ । अनलाइन र कम्प्युटरबाट हुने काम अन्य भन्दा विश्वासिला पनि हुन्छन् । तर, अदालतमा लगातार एउटै न्यायाधीशकोमा पेशी दोहोरिएर पर्दा भने आशंका उत्पन्न गराउँछ ।
पेशी दोहोरिएर एउटै न्यायाधीशको इजलासमा कमै मात्र पर्छन् । बाहिरबाट हेर्ने सर्वसाधारणले यसरी पेशी दोहोरिएर पर्दा कैतै चलखेल भएको त हैन भन्ने आशंका उत्पन्न गराउँछ । यस्तै अवस्था बिहीबार दोहोरिएको हो । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट बिहीबार आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलकै इजलासमा पेशी तोकिँदा यसमा चलखेल भएको हो कि भनेर धेरैले आशंका पनि गरेका छन् ।
अहिले सर्वोच्च, उच्च र जिल्ला अदालतमा गोला प्रथाबाट मुद्दा छनोट गरिने चलन छ । तर, गोला न्यायाधीश आफै उपस्थित भएर तान्छन् कि अरु नै व्यक्तिले तानेर मिलाउने हो भन्ने प्रश्न पनि सर्वसाधारणमा छ । यसबारे सर्वोच्च प्रशासन भन्छ, ‘गोला तान्ने काम न्यायाधीशले नभएर कम्प्युटर सिस्टमबाट हुन्छ । यसले गर्दा न्यायाधीश अदालत आइनपुगेको अवस्थामा पनि कुन मुद्दाको पेशी कुन न्यायाधीशको इजलासमा पर्यो भन्ने कुरा अगाडि नै थाहा हुन्छ ।
बुधबार पोखरेलको इजलासमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो । तर बिहीबार पनि पोखरेलकै एकल इजलासमा पेशी पर्यो । यो कम्प्युटर सिस्टमले दोहोरिएर परेको सर्वोच्च प्रशासनको भनाइ छ । एउटै इजलासमा पेशी परेपछि हटाउने वा बहस गर्ने विषयमा दुविधा उत्पन्न हुन्छ । पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा बहस गरेका थिए । उनले बुधवार सोही कुरा राखेर हेर्न नमिल्ने बारे जिज्ञासा राखेका थिए । तर न्यायाधीशले भने आफू नियुक्ति अघिको विवाद नहेर्ने र नियुक्ति पछिको हेर्ने जवाफपछि स्थगित गराइएको थियो ।
उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको थियो । सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध रिट दायर भएको थियो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त रिट सुरुमा दरपीठ भएको थियो । सर्वोच्च प्रशासनले दरपीठ गरेपछि भट्टराईले इजलासमा पुगेर दरपीठ बदर गराएका थिए । न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले दर्ता गर्नु भनी आदेश गरेपछि जेठ १४ गते रिट दर्ता गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु, अन्य चार जना घाइते
पुष २१, २०८१ आइतबार
गोरखाबाट पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
पुष २१, २०८१ आइतबार
भिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार