एसिड आक्रमणबाट पीडित भएकालाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार १६:३८:९
१७ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले एसिड आक्रमण पीडितलाई निवेदन प्राप्त भएको एक महिनाभित्र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले तेजाब वा अन्य रासायनिक जैविक वा विषालु पदार्थ प्रयोग गरेर रूप बिगार्ने समेतका अपराधमा पीडित भएका व्यक्तिलाई निवेदन आएको एक महिनाभित्र क्षतिपूर्ति उपलब्ध गराउन कानुन मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले एसिड आक्रमण पीडितलाई अदालतबाट फैसला हुँदाको बखतको तोकिएको रकम र फैसलापछि निजले तेजाबसँग सम्बन्धित विषयमा उपचार गर्दा लाग्ने खर्च क्षतिपूर्तिसम्बन्धी मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरी निर्णय गर्नुपर्ने भए सो समेत गरी अपराध पीडित क्षतिपूर्ति राहत कोषबाट प्राप्त गर्ने गरी व्यवस्था गर्न समेत निर्देशन दिएको हो ।
बैठकमा एसिड आक्रमण पीडित सांसद विन्दबासिनी कंसाकारले आफूले पाउनुपर्ने रकम नपाएको र उपचार गर्दा घरको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेको बताएकी थिइन् । उनले अदालतले एक करोड १४ लाख दिनु भन्ने फैसला गरे पनि कसले दिने भन्ने स्पष्ट नहुँदा आफू थप पीडामा परेको गुनासो गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार