खुशी जीवन नेपालद्धारा अपाङग तथा अनाथ बालबालिकाहरुलाई शैक्षिक तथा खाद्यान्न सामग्री वितरण
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार ११:४१:५८
१८ जेठ, भैरहवा । 'खुशी जीवन नेपाल'ले दृष्टिविहीन, अपाङग तथा अनाथ बालबालिकाहरुलाई शैक्षिक तथा खाद्यान्न सामग्री वितरण गरेको छ । बुटवल १५ उजेलापुरमा अवस्थित लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रममा बसेर अध्ययनरत अनाथ बालबालिकाहरुको उज्ज्वल भविश्यको कामना गद खुशी जीवन नेपालले आज सो सामग्री सहयोग गरेको हो ।
“समाज परिवर्तन हाम्रो उद्देश्य” को नारालाई आफ्नो मुलमन्त्र बनाएर देशका विभिन्न जिल्लामा सामाजिक सचेतना तथा सहयोग कार्यक्रम गर्दै आएको खुशी जीवन नेपालले विगतमा पनि बुटबल आसपासको समाजमा रहेका दुःखी, गरिब तथा निम्नवर्गीय बालबालिकाहरुलाई न्यानो लुगा तथा शैक्षिक सामग्री वितरण गर्दै आएको छ । आगामी दिनहरुमा पनि सामाजिक सचेतना तथा सहयोगका यस्ता कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता संस्थाका अध्यक्ष महेन्द्र विश्वकर्माले व्यक्त गरेका छन्।
उक्त सहयोग कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्र विश्वकर्मा, उपाध्यक्ष सुनिता गहतराज, सल्लाहकार ज्ञान बहादुर बिक, प्रितम केसी तथा सदस्य कमला राई, लक्ष्मण सुनार, सन्ध्या खनाल, सलिना मिजार, स्वाती थापा, रितिका गुरुङ, बुटवल टेडिङ, क्रीश्ना सुनार र लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमका उपाध्यक्ष लिलाराम रोकामगर र नवदृष्टि महिला पुनस्थापना केन्द्र कि संस्थापक सीमरन राजभण्डारीको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार