मनै लोभ्याउने काठमाडौंको बल्खु क्षेत्रमा देखिएको तोप चराको गुँड
नेपालबहस संवाददाता
जेठ १९, २०८१ शनिबार १४:३५:३१
मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
१९ जेठ, काठमाडाैं । तोप चरा अरू चराहरूभन्दा फरक विशेषता भएको चरा हो । भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इन्जिनियर’ पनि भनेर चिनिन्छ ।
कलात्मक र मेहनतले आफ्नो गुँड 'घर' बनाउने हुनाले यसलाई चराहरूको इन्जिनियर भनिएको हो । तराईदेखि मध्य पहाडसम्म पाइने यो चराले पात चिरेर त्यसलाई जोडेर कलात्मक गुँड बनाउने गर्छ ।
गुँड रुखबाट तलतिर झुण्डिएको हुन्छ। यी चराहरू समूहमा बस्न मन पराउँछन्। त्यसैले यिनीहरूका गुँडहरू एकै ठाउँमा हुन्छन । तोप चरा हिउँद याममा काठमाडौंमा आउँछन्। काठमाडौं आएपछि भाले चराको पहिलो काम गुँड बनाउनु हो। हरियो घाँस जम्मा पारेर यी चराहरूले चुच्चोको सहाराले कलात्मक गुँड बनाउँछन्।
झट्ट हेर्दा यो चराको गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक बनाएको हुन्छ । यो चराले रुखमा झुण्डिएको लामो गुँड बनाउँछ, जुन अरु चराहरुको भन्दा भिन्न देखिन्छ ।
पंक्षीविज्ञहरुका अनुसार यो चराको भाले प्रजातिले मात्र गुण बनाउँछन् र अति नै मिहिनेत गरेर बनाउँछन् । गुँड राम्रो बनाउने विषयमा तोप चराको भाले प्रजातिबीच प्रतिस्पर्धा नै हुन्छ । हेरौँ काठमाडौंको बल्खु क्षेत्रमा देखिएका तोप चराको समुह ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार