मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
नेपालबहस संवाददाता
जेठ १९, २०८१ शनिबार १७:५६:१४
१९ जेठ, काठमाडाैं । हिमाली जिल्ला मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु भएको छ । जसमा छायाँनाथ रारा नगरपालिका वडा नं १२ सुमन बुढा वर्ष १९ का मन बहादुर बुढा र कम्फा गाउँका २१ बर्षिय शोभान बुढा लेक लागेर मृत्यु भएको हो ।
उनीहरु सँगै सिकिस्त बिरामि भएका राज बहादुर साँवतको पनि शनिवार दिउँसो ठुलो कोईकी पाटन बाट मुगु गाउँ तर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी बल मुगुका जवान तिलक बढुवाल जानकारी दिए ।
यो सँगै मुगुमा यार्सा टिप्न गएका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक डीएसपी बिरेन्द्र थापाले बताए । मृतक तीनै जना एउटै वडा १२ नम्वरका स्थानीय युवा हुन ।
उच्च हिमाली पाटनमा पाइने बहुमुल्य, यार्सागुम्वा टिप्नका लागि पाटन पुगेका मध्ये आधा दर्जन संकलकहरुको लेक लागेर , लडेर , हिउँ पहिरोमा परेर मृत्यु हुने गरेको छ ।
गत वर्ष यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेका ३ जनाको हिउँ पहिरोमा परेर र १ जनाको खोला खसेर मृत्यु भएको थियो । पाटनमा सुरक्षा टोली र स्वास्थ्य टोलि निश्चित ठाउमा बस्ने तर संकलकहरु दिन टाढाका पाटनहरुमा पुग्ने भएकाले विरामी पर्दा उपचार सेवा लिन र दिन समस्या हुने गरेको छ ।
मुगुका २ दर्जन बढी पाटन क्षेत्रमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ्ग गाउपालिकाले गत १५ गते मात्र वन पाटन प्रवेश खुल्ला गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार