गर्मी छल्न सुकुटे, र्याफ्टिङले पर्यटक आकर्षित
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार १६:५६:१६
२० जेठ, सिन्धुपाल्चोक । काठमाडौंबाट र्याफ्टिङका लागि अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेमा आइपुगेकी ज्योति श्रेष्ठले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गरिन् ।
विश्वकै उत्कृष्ट दसौँ गन्तव्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदीमा शनिबार र्याफ्टिङ गर्न उनीसहित १३ जनाको जम्बो समूह शुक्रबार नै आइपुग्यो । “हामीले सुनेका मात्रै थियौँ, र्याफ्टिङको मज्जा आफैंले लिन पायौँ”, उत्साहित हुँदै ज्योतिले भनिन्, “शनिबार चाप धेरै हुन्छ भन्ने सुनेर नपाइएला भन्ने निकै डर थियो ।” उनले कलेज छुट्टीको दिन मिलाएर अन्य साथीसँग फेरि आउने सोच अहिले नै बनाइसकेको बताइन् ।
“यति रमाइलो हुन्छ भन्ने आफैँले र्याफ्टिङ गरेपछि थाहा भयो, साथीहरू सबैलाई अनुभवबारे ‘शेयर’ गर्छौँ अनि यहाँ आउनलाई प्रेरित गर्छौं”, र्याफ्टिङपछि ज्योतिसँगै उभिएका उनका साथी शैलेस श्रेष्ठले भने । जीवनकै लागि नौलो र खतरापूर्ण खेल भएकाले यो समूह केही डराएको भने थियो । ठाडो खोलामा बगिरहेको पानीसँग खासै परिचित नभएकाले सुरुमै मुटुको गति बढेको अनुभव भएको श्रेष्ठ बताउँछन् ।
“जब र्याफ्टिङ खोलाको पानीसँगै बग्न थाल्यो, मनमा डरको गति पनि झनै बढ्यो”, उनले आफ्नो अनुभव सुनाए, “कहिलेकाहीँ आँखा चिम्लनुसमेत परेपछि भने बेक्कार गरिएछ भन्ने पनि लाग्यो ।” उनले साथीहरू पानीमा रमाउँदै कराउँदै गर्न थालेपछि भने बल्ल रमाइलो अनुभव भएको सुनाए । “पछि डर भुलियो, अर्कै संसारमा डुबुल्की मारिरहेको जस्तै लाग्यो”, उनले भने ।
उनीहरू जस्तै भक्तपुरबाट आएकी रोजिना श्रेष्ठले ‘कोर्पेटिभ’ टिम लिएर र्याफ्टिङको आनन्द लिन आएको सुनाइन् । “विदेशीसहित हाम्रो ५० जनाको टोली छ”, उनले भनिन्, “अब गर्मी सुरु भयो, यसकै लागि बिदाको समय मिलाएर समूह बनेर आयाैँ ।”
शुक्रबार र शनिबार यहाँका रिसोर्ट भरिने गरेकाले पहिल्यै बुक गरेर आएको उनले सुनाइन् । रोजिनाले यसअघि पनि ¥याफ्टिङ गरिसकेकी थिइन् । त्यति बेलाको मज्जा सम्झँदै उनी फेरि सुनकोसी आइपुगेकी हुन् । “पहिला धित नै मरेन, त्यसैले फेरि आएँ”, उनी भन्छन् ।
सुकुटेमा गर्मी बढेसँगै साहसिक खेल र्याफ्टिङमा रमाउने आन्तरिक तथा बाह्य पर्यटक अहिले ह्वात्तै बढेका छन् । गएको फागुनदेखि पर्यटकको चाप बढेको रिसोर्ट सञ्चालकहरू बताउँछन् । पछिल्लो हप्तादेखि अत्यधिक गर्मी बढेका कारण ¥याफ्टिङ गर्ने पर्यटकमा वृद्धि भएको हो ।
साहसिक खेल र्याफ्टिङ र क्यानोनिङ गर्ने पर्यटकको सङ्ख्या दैनिक बढिरहेकाले यहाँका सबै रिसोर्ट व्यस्त भएको सुकुटेबिच एड्भेन्जर रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापा बताउँछन् । “दैनिक एक सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्”, थापा भन्छन्, “यो समय र्याफ्टिङको याम भएकाले अब चाप झनै बढ्ने अनुमान छ ।”
र्याफ्टिङकै लागि सिन्धुपाल्चोकमा हप्ता दिनमा कम्तीमा दुई हजार पर्यटक भित्रिने गरेका छन् । राजधानीदेखि युरोप, अमेरिकाजस्ता बाह्य मुलुकबाट आउने पर्यटकको लक्ष्य भोटेकोसी र सुनकोसीमा र्याफ्टिङ गर्ने हुने गरेको छ ।
पर्यटक बढेसँगै सिन्धुपाल्चोक र काभ्रेको सीमा गाउँ बन्देउदेखि रिसोर्टको सङ्ख्यामा समेत वृद्धि भएको छ । सुनकोसी र भोटेकोसी किनारामा ¥याफ्टिङ सञ्चालन गर्ने रिसोर्ट बढेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकको आकर्षक गन्तव्य बन्दै बिचित्र गुफा
असोज २६, २०८१ शनिबार
अन्नपूर्ण क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना
असोज २५, २०८१ शुक्रबार
नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक
असोज २५, २०८१ शुक्रबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
लोप हुँदै गएको अवस्थामा संस्कृति जोगाउन पिर्के पिङको संरक्षण
असोज २५, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा आफन्तजनलाई टीकाप्रसाद
असोज २६, २०८१ शनिबार
दशैंमा आज पोखरामा निःशुल्क बस सञ्चालन
असोज २६, २०८१ शनिबार
गायक दुर्गेश थापा विजयादशमीको टीकाप्रसाद ग्रहण गरिँदै
असोज २६, २०८१ शनिबार
भक्तपुरमा ब्रम्हायणी जात्राको रौनक
असोज २६, २०८१ शनिबार
राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण
असोज २६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण
असोज २६, २०८१ शनिबार