प्रतिनिधिसभामा पुग्यो संवैधानिक परिषदसम्बन्धी विधेयक
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार १३:३६:२१
२१ जेठ, काठमाडौं । अध्यक्ष र तत्काल बहाल रहेका सदस्यको ५० प्रतिशतले संवैधानिक परिषदबाट निर्णय गर्न सक्ने व्यवस्था राखिएको विधेयक प्रतिनिधि सभामा पेश भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन–२०८१ प्रतिनिधिमा पेस गरेका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार संवैधानिक परिषदसम्बन्धी विधेयक सर्वसम्मतीले पारित गरेको थियो । प्रधानमन्त्रीको सहमतिमा मात्र निर्णय हुने गरी विधेयक पारित भएको थियो । संवैधानिक परिषद् सम्बन्धमा कानुनी रिक्तता रहेको अवस्थामा राजनीतिक दलहरूबीच प्रधानमन्त्रीको सहमति नहुँदा पनि परिषदबाट निर्णय हुन सक्ने कि नसक्ने भन्ने विषयमा विवाद हुँदा उक्त विधेयक लामो समयदेखि अड्किएको थियो ।
संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धमा कार्यविधि तथा संवैधानिक परिषदको कार्य सम्पादन गर्ने ऐन बनाउने कुरामा समितिमा सहमति जुटाउन सफल भएको सभापति खतिवडाले बताए । उनले सो प्रतिवेदन तयार गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सम्बन्धित पक्षसँग छलफल गरिएको थियो ।
राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाका अनुसार यसअघि मुख्यतः कांग्रेस र एमालेबीच विवाद बनेको परिषद्बाट निर्णय गर्दा प्रधानमन्त्रीको सहमति अनिवार्य हुने कि नहुने भन्ने विषयमा एकमत कायम गरिएको हो । समितिको बिहीबारको बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ को प्रतिवेदन सदनमा पेस गर्ने निर्णय गरेको छ ।
संवैधानिक परिषद् अध्यक्ष र तत्काल बहाल रहेका सदस्यको ५० प्रतिशतले संवैधानिक परिषदबाट निर्णय गर्न सक्ने व्यवस्था राखिएको छ । कांग्रेस–माओवादी गठबन्धन हुँदा तत्कालीन प्रमुख प्रतिपक्ष एमालेले परिषद् अध्यक्ष रहेका प्रधानमन्त्रीको सहमति नभए पनि निर्णय हुन सक्ने व्यवस्था गर्नुपर्ने अडान राखेको थियो । एमाले–माओवादी–रास्वपाको सत्तारूढ गठबन्धन बनेसँगै एमालेले परिषदसम्बन्धी विधेयकमा राख्दै आएको अडान छोडेको छ ।
संवैधानिक परिषदको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ । प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख परिषदका सदस्य रहने संवैधानिक व्यवस्था छ । राज्य व्यवस्थाबाट पारित भएको विधेयकमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिने उल्लेख छ ।
परिषदमा सर्वसम्मतीले निर्णय हुन नसकेको अवस्थामा कस्तो विधि अपनाउने भन्नेबारे राज्य व्यवस्था समितिले जुटाएको सहमतिमा भनिएको छ, बैठकमा कुनै विषयमा सर्वसम्मतिबाट निर्णय हुन नसकेमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपाललाई
पुष १४, २०८१ आइतबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
चीनको १० हजार हेक्टरभन्दा बढी वन रोप्ने लक्ष्य हासिल
पुष १४, २०८१ आइतबार
जिप दुर्घटनामा एकजनाको मृत्यु
पुष १४, २०८१ आइतबार