नेपालले राष्ट्रिय स्वेच्छिक समीक्षा प्रतिवेदन तयार पार्ने
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार १४:२:१४
२१ जेठ, काठमाडौं । नेपालले आगामी असार महिनाभित्र दिगो विकास लक्ष्य सम्बन्धी ‘राष्ट्रिय स्वेच्छिक समीक्षा’ प्रतिवेदन तयार पारी संयुक्त राष्ट्रसंघ अन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा प्रस्तुत गर्ने भएको छ ।
यसअघि नेपालले पहिलो पटक सन् २०१७ र दोस्रोपटक सन् २०२० मा समीक्षा गरेको थियो । सोही प्रकृया अन्तर्गत दिगो विकास सम्बन्धि बालबालिकाहरुकै नेतृत्वमा राष्ट्रिय स्वेच्छिक समीक्षा प्रतिवेदन तयार पार्न लागिएको छ ।
कन्सोर्टियम नेपाल, नेपाल क्म्न्क फोरमसँगको सहकार्यमा उच्चस्तरीय राजनीतिक फोरमको लागि बालबालिकाको नेतृत्वमा स्वेच्छिक राष्ट्रिय समीक्षा (ख्ल्च्)प्रतिवेदन २०२४ लाई सहजिकरण गर्दै छ । सो प्रतिवेदनले दिगो विकास लक्ष्यहरूमा नेपाली बालबालिकाको आवाजलाई उठान गर्ने लक्ष्य राखिएको छ ।
यसै सन्दर्भमा, कन्सोर्टियम नेपालको सहजिकरणमा दिगो विकास लक्ष्य र लागि बालबालिकाको नेतृत्वमा तयार गरिने स्वेच्छिक राष्ट्रिय समीक्षा (भीएनआर) प्रतिवेदन सम्बन्धि शनिबार राजधानीमा दुई दिने राष्ट्रिय कार्यशालाको समापन भएको छ । कार्यशालामा ७ वटै प्रदेशबाट बालबालिकाको प्रतिनिधित्व भएको थियो ।
राष्ट्रिय कार्यशाला गर्नुअघि प्रत्येक प्रदेशको दुईवटा स्थानीय तहमा दिगो विकास लक्ष्य (क्म्न्) र बालबालिकाको नेतृत्वमा तयार गरिने स्वेच्छिक राष्ट्रिय समीक्षा (ख्ल्च्) प्रतिवेदन बारे स्थानीय स्तरमा कार्यशाला आयोजना गरिएको थियो । स्थानीय स्तरबाट प्राप्त सुझावलाई समेटेर एकीकृत प्रतिवेदन तयार पार्न यस कार्यशालामा छलफल गर्दै बालबालिकाकै चार सदस्यि समिति गठन गरिएको छ । अब बालबालिकाहरु प्रतिवेदन लेख्नलाई एकै ठाउँमा भेला हुनेछन् ।
कार्यशालामा राष्ट्रिय योजना आयोगको माननीय सदस्य, गैर सरकारी संस्था महासंघ नेपाल, नेपाल एस डि जी फोरुम, राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष, विकासका साझेदार संस्था, बाल अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार