कतारमा कार्यरत नेपालीलाई ‘केएमसी’मा उपचार गर्दा ५० प्रतिशत छुट
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार २०:२९:१
२१ जेठ, काठमाडौं । संघीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवारका सदस्य बिरामी भई उपचार गर्दा काठमाडौँ मेडिकल कलेज (केएमसी) मा सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाएका छन् । कतारस्थित नेपाली राजदूतावासमा आज भएको कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच त्यहीँस्थित नेपाली राजदूत डा नरेश विक्रम ढकालको उपस्थितिमा काठमाडौँ मेडिकल कलेजले सम्झौता गरेको हो । सम्झौताअनुसार अब कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारको सिलसिलामा कतारमा काम गर्दै आएका नेपाली श्रमिक उपचार गर्न केएमसी आउँदा ५० प्रतिशत छुट दिइने छ । “कतार भ्रमणको सिलसिलामा त्यहाँ रहेका गैरआवासीय नेपाली तथा कतारमै काम गर्दै आउनुभएका नेपाली नागरिकसँगको छलफलमा नेपाली कामदारको अवस्था, यहाँ बस्दा रहँदा आइपर्ने रोगको उपचारमा हुने आर्थिक समस्या र परिवारको सदस्यको उपचारलाई सहज बनाउन सहमति गरिएको हो”, सांसद डा शर्माले भने ।
सम्झौतापत्रमा उल्लेखित सुविधा आगामी असार मसान्तसम्म कायम रहनेछ । कतारमा कार्यरत नेपाली श्रमिकको आश्रित परिवारलाई केएमसीले अस्पताल सेवामा १५ प्रतिशत छुट उपलब्ध गराउने छ । यसका लागि परिचयपत्र र नाता प्रमाणित हुने कागजात आवश्यक पर्ने उक्त सम्झौतामा उल्लेख छ । उपचार सेवासम्बन्धी सम्झौतापत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा र सल्लाहकार इन्दिरा शर्मा (बराल) तथा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, कतारका तर्फबाट परिषद्का अध्यक्ष रमेश भट्ट र प्रथम उपाध्यक्ष कृष्ण पन्थीले हस्ताक्षर गरेका छन् । यस्तै नेपाली जनसम्पर्क समिति कतारसँग भएको सम्झौतापत्रमा समितिका सभापति मोहमद अजिज अलि र महामन्त्री केदार भुसालले हस्ताक्षर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको एचपिभी खोप दिइने
पुष २०, २०८१ शनिबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार