उत्तर प्रदेशमा मोदी गठबन्धनलाई विपक्षीको धक्का
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार १०:५३:५
२२ जेठ, काठमाडौं । भारतीय लोकसभा निर्वाचनको मतगणना जारी रहँदा भाजपाको गठबन्धनलाई उत्तर प्रदेशमा धक्का लागेको छ । अधिकांश सीटको मतगणना जारी रहँदा सबैभन्दा धेरै सीट रहेको र भाजपाको एकछत्र विजय हुँदै आएको उत्तर प्रदेशले मोदीको नारामा धक्का दिएको हाे ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार यसअघि ८० मध्ये ७० भन्दा माथि जितेको बीजेपी प्रारम्भिक चरणमा पछि परेको छ । भारतीय समयअनुसार बिहान साढे ९ बजेसम्मको रुझानमा कांग्रेस र समाजवादी गठबन्धनले उत्तर प्रदेशमा ४२ सीटको अग्रता लिएको छ । त्यसमध्ये समाजवादी पार्टीले मात्र ३७ सीटमा अग्रता लिइरहेको छ । भाजपा ३६ सीटमा अगाडि छ ।
उत्तर प्रदेशको रायबरेली क्षेत्रबाट कांग्रेस नेता राहुल गान्धी धेरै मतान्तरका साथ अगाडि छन् भने यसअघि राहुललाई पराजित गरेकी भाजपाकी स्मृति इरानी अमेठीमा पछि परेकी छन् । यदि उत्तर प्रदेश, विहार र महाराष्ट्रमा यही अवस्था रहेमा भाजपाको बहुमत मुस्किल हुनेछ ।
त्यसो त पछिल्लो रुझानमा बीजेपी नेतृत्वको एनडीए गठबन्धन २७४ स्थानमा अगाडि रहँदा कांग्रेस नेतृत्वको गठबन्धन २२६ सीटमा अगाडि देखिएको छ । समाजवादी पार्टी ३३ सीट, वामपन्थी दल ९ सीट र आम आदमी पार्टी ५ सीटमा अगाडि छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार