नेदरल्यान्डविरुद्धको खेलमा नेपाली टीमलाई शुभकामना !
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार ११:४८:५०
२२ जेठ काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । यो खेलको सुरुवाती राम्रो गर्न नेपाली टोलीलाई हौसला दिन राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वसाधारण नेपालीले शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा खेल जित्नका लागि नेपाली टोलीलाई शुभकामना दिनेको ओइरो छ ।
नेपाली टिमलाई विभिन्न सरकारी ओहदामा रहेका र नवनिर्वाचित प्रतिनिधिहरूले पनि शुभकामना दिएका छन् । केही सांसदहरूले नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा सहभागी भएका छन् । टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले हौसला बढाउने काम गरेका हुन् ।
१० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यान्डसँग छ । समूह डी को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ । समूह डीमा रहेको नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति आज राति ९ :१५ बजे नेदरल्याण्ड्सविरुद्ध खेल्न लागेको हो ।
समूह डी मा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसँग जुन १६ मा खेल्नेछ। नेपालले १० वर्षपछि विश्वकप खेल्दैछ ।
सुपर–८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित दर्ता गर्नु आवश्यक छ । अहिलेसम्म टी–२० आईमा १२ खेलमध्ये नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित र १ खेल नतिजाविहीन बनाएको छ । टी–२० विश्वकपमा भने नेपाल र नेदरल्यान्ड्स पहिलो पटक प्रतिस्पर्धामा उत्रदैछन् । नेपालले घरेलु मैदानमा भने दबाबमा राख्ने गरेको छ ।
को–को छन् सूचीमा ?
नेपाली टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिक जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।
अफिसियल
मोन्टि देशाइ (प्रशिक्षक), वसन्त शाही (सहायक प्रशिक्षक), नन्दन फाद्निस (क्रिकेट कन्सल्टेन्ट), रड एस्टविक (बलिङ कन्सल्टेन्ट), प्रदीप मजगैया (व्यवस्थापक), दिवाकर घले (टिम लिडर), होम नाथ पन्त (डाक्टर), विक्रम न्यौपाने (फिजियो), रमण शिवाकोटी (एनालिस्ट), अब्दुल शतार (फिटनेस ट्रेनर) ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार