काठमाडौं उपत्यकामा वर्षा, राजधानीवासीलाई राहत
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार १२:४:३८
२२ जेठ, काठमाडौं । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ ।
काठमाडौंको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौं उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यो वायु प्रणालीले राजधानी उपत्यकामा एक घण्टाभन्दा बढी समयसम्म वर्षा गराउने र उत्तरतिर लागेर कमजोर हुँदै जाने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले राससलाई जानकारी दिए । यो प्रि-मनसुन क्रियाकलाप भएको महाशाखाले जनाएको छ ।
हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार कोशी, मधेस र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । कोशी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
यस वर्षको मनसुन यही जेठ ३१ गतेदेखि नेपाल प्रवेश विभागको पूर्वानुमान छ । यद्यपि मनसुन भित्रिने सरदर मिति केही दिन तलमाथि हुने विभागले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअत्यधिक चिसोसँगै काठमाडौं उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा
पुष २२, २०८१ सोमबार
क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार