अर्थमन्त्री हराएपछि प्रतिनिधि सभामा सभामुख र लिङदेनको दोहोरी, बैठक स्थगित
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार १४:४४:११
२२ जेठ, काठमाडौं । अर्थमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । राप्रपाका सांसद राजेन्द्र लिङ्देनले बजेटमाथिको छलफलमा अर्थमन्त्री संसद् बैठकमा नभएको भन्दै आफ्नो कुरा कसलाई सुनाउने भन्दै सभामुखको भूमिकामा रहेकी इन्दिरा रानालाई प्रश्न गरेका थिए ।
कसले सुनिदिनुहुन्छ त मेरो कुरा ? उहाँलाई धन्यवाद दिन पनि .. के हुन्छ यस्तो बेला ?, मन्त्री त हुनुपर्याे होला कि उहाँको बदला कसैले सुन्नुपयो, लिङ्देनले भने । त्यसपछि सभामुखको भूमिकामा रहेकी इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा जवाफ दिन जानुभएको र केही बेरपछि आउने भन्दै लिङ्देनलाई बोल्न आग्रह गरिन् ।
तर लिङ्देनले अर्थमन्त्री उपस्थित नभएसम्म नबोल्ने भन्दै उभिइरहे । त्यसपछि समय थप्न सकिने भने पनि लिङ्देन बोल्न चाहेनन् । त्यस क्रममा सभामुख र लिङ्देनबिच दोहोरी नै चल्यो । त्यसपछि सत्ता पक्षका सांसद दयालबहादुर शाहीले उठेर सभामुखसँग दोहोरी नखेल्न लिङ्देनलाई आग्रह गरे । त्यसपछि राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीको दलको नेताले अर्थमन्त्री खोज्नु दोहोरी हुन्छ भनेर प्रश्न गरे ।
त्यसपछि सभामुखको भूमिकामा रहेकी इन्दिरा रानाले लिङ्देनलाई बस्न आग्रह गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभा एकैपटक भएकाले अर्थमन्त्रीले अर्को बैठकमा जवाफ दिइरहेकाले यस्तो अवस्था आएको जानकारी दिइन् । उनले १५ मिनेटका लागि बैठक स्थगित गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार