वडाध्यक्ष जागेश्वरको बदमासीः व्यक्तिगत जग्गामा बलपूर्वक बनाए सडक, अदालतको अवज्ञा
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार १२:४९:१
२३ जेठ, सिरहा । सिरहा नगरपालिका ५ बरेर्वामा वडाध्यक्ष जागेश्वर यादवले व्यक्तिगत जग्गामा बलपूर्वक सडक बनाएर आरसीसी ढलान गरेको स्थानीयले आरोप लगाएका छन्। स्थानीय सुकदेव कुसियतले आफ्नो निजी जग्गामा वडाध्यक्षले बलपूर्वक प्रहरी लगाएर बाटो बनाएर ढलान गरेको दुखेसो पोखेका छन् ।
सडक बनाउन लागेपछि आफूलाई कसैले नसोधीकन वडाध्यक्ष यादवले आफ्नो जग्गाको मुल्यांकन बढाउनको लागि जबर्जस्ती बलपूर्वक प्रहरी लगाएर सडक ढलान गरेको बताए। “आफ्नो नाममा लालपुर्जा रहेको कित्ता नं.६६७ नम्बरको जग्गामा बिना सहमतिको सडक ढलान गरिएको छ, ”पीडित कुसियतले भने, “यसरी कसैको जग्गामा सडक बनाउन कसैको अधिकार छैन ।”
“कसैको व्यक्तिगत जग्गामा सडक बनाउने कुन नियममा लेखिएको छ” भन्दै पीडित कुसियतले प्रश्न गरेका छन् । उनले भने, “वडाध्यक्ष जागेश्वर यादवको व्यक्तिगत जग्गा आफ्नो जग्गाको पछाडि रहेकोले उनले आफ्नो जग्गाको मुल्यांकन बढाउनको लागि यो सडक जबर्जस्ती बनाएको आरोप लगाए।”
यता,पीडित सुकदेव कुसियतले उच्च अदालत राजविराजमा निषेधाज्ञाको मुद्दा दिएपछि अदालतले जेष्ठ ११ गते सिरहा नगरपालिकाको नाउँमा अन्तिम आदेश गरेको छ।
उच्च अदालतका न्यायाधीश बामदेव ज्ञवालीले निवेदकले अन्तरिम आदेश समेतको माग गरेको सम्बन्धमा अन्तरिम आदेश जारी हुने वा नहुने दुवै पक्षको उपस्थितिमा छलफल गराई निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा सो प्रयोजनको लागि प्रमाणसहित उपस्थित हुन मिति २०८१।२।१६ गते पेसी तोकिएको छ।
न्यायाधीश ज्ञवालीले जारी गरिएको आदेशमा पत्रमा भनेको छ, छलफल नभएसम्मको लागि निवेदकको कि.नं. ६६७ को जग्गामा निजको मञ्जुरी वा सहमति विना बाटो निर्माण कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरेको छ।
तर,सिरहा नगरपालिका ५ का वडाध्यक्ष जागेश्वर यादवले छलफल र सहमति बिना नै पीडित कुसियतको व्यक्तिगत जग्गामा सडक बनाएका छन्। यता,वडाध्यक्ष जागेश्वर यादवलाई यस विषयमा प्रतिक्रिया लिन पटकपटक टेलिफोन सम्पर्क गरेपनि उनीसँग सम्पर्क हुन सकेनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु, अन्य चार जना घाइते
पुष २१, २०८१ आइतबार
गोरखाबाट पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
पुष २१, २०८१ आइतबार
भिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार
आइतबार तोलामा १५ सयले घटेर १ लाख ५२ हजारमा किनबेच भइरहेको छ सुन
पुष २१, २०८१ आइतबार