भेडापालनबाट वार्षिक ४० लाख आम्दानी गर्दै घर्ती
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार १२:५७:३३
२३ जेठ, बागलुङ । यतिबेला भेडापालक किसान ढोरपाटनको बुकी उक्लने तरखरमा छन् । बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र प्युठानका भेडा चरिचरनका लागि बुकीतर्फ हिँडिरहेका छन् । यसपटक सात सय भेडा लिएर बुकीतर्फ हिँडिरहेका रोल्पा जिल्लाको थवाङ गाउँपालिका–४ तेलखोलाका सन्तोष घर्ती भेडा चराउँदै बागलुङ आएका छन् ।
भेडापालनमा धेरै दुःख भएको जनाउँदै भेडा पाल्न छाड्ने क्रम बढिरहेको सन्दर्भमा घर्तीले यसबाट भएको आम्दानीले परिवार पाल्दै राम्रो शिक्षा दिन सफल भएको बताए । उनले भेडापालनमा आफू सन्तुष्ट भएको भन्दै वार्षिक रु ४० लाख आम्दानी गर्न सफल भएको बताए ।
बागलुङको निसीखोला गाउँपालिकाको रिग चरन क्षेत्रमा भेडा चराइरहेका घर्तीले वार्षिक रु ४० लाख आम्दानीले आफ्नो परिवारलाई दाङको तुलसीपुर पढाउँदै आएको बताए । “परम्परा धान्नमात्रै भेडापालेर भएन, भेडा लिएर बुकी जान थालेको १८ वर्ष भयो, सानै उमेरबाट भेडापालनमा लागेँ, छोराछोरीलाई मलाई जस्तो दुःख नहोस् भनेर भेडापालनलाई व्यावसायिक बनाउन थालेको छु, दुई सय भेडाले घरखर्च चल्दैन, त्यसैले सात सय पाल्न थालेको हुँ”, घर्तीले भने, “भेडापालनमा दुःख छ भन्दैमा छाड्न कहाँ सकिन्छ र पुर्खाको पेसा, तीन छोरी र दुई छोरलाई दाङ लगेर पढाएको छु, उनीहरूको खर्च धान्न भेडा पाल्नैपर्छ ।”
भदौको अन्तिममा फर्कने तयारीसहित बन्दोबस्तीका सामग्री बोकेर जेठको दोस्रो हप्ता घरबाट बुकीतर्फ हिँडेको बताउँदै घर्तीले घरमा भन्दा जङ्गलमा बढी बसाइ हुने बताए ।
“आफ्नो त घरमा भन्दा बढी जङ्गलको बास हुन्छ, आम्दानी राम्रो भए पनि भेडापालन निकै जोखिमको पेसा हो, राम्रो पढाइ गर्न सकिएन, ४५ वर्षको पुगियो आफ्नो त जिन्दगी भेडा पालेरै बित्नेभयो”, उनले भने । छोराछोरीले राम्रो पढे भने मलाई केही चाहिन्न, भेडापालनबाटे खान, लाउन र शिक्षादीक्षा दिएर वर्षमा रु आठ–दश लाख बचतसमेत हुने गरेको उनले बताए ।
रिगताल वरपरबाट आफू बुकी उक्लन थालेको बताउँदै चिसो याममा मात्रै भेडालाई घर फर्काउने बताए । भेडालाई जङ्गली जनवार र रोगबाट जोगाउन सकेमात्रै नाफा हुने बताउँदै गोठालो खर्च र भेडाको हेरचाहमा समेत वार्षिक कमाइको आधा खर्च हुने उनी बताउँछन् ।
सात सय भेडाबाट एक वर्षमा चार सय नयाँ पाठापाठी जन्मने गरेको घर्तीले सुनाउनुभयो । एउटालाई सरदरमा न्यूनतम् रु १० हजारमा बिक्री भए पनि चार सय पाठापाठीको रु ४० लाख उनी बताउछन्र । पाठीको मूल्य सस्तो भए पनि पाठाको धेरै छ । विशेषगरी मासुसँगै भेडाका पाठापाठी पूजाआजाका लागि धेरै प्रयोगमा आउने गरेको छ ।
“भदौमा एकपटक झरेपछि पुनः मङ्सिरसम्म बुकी क्षेत्रमै भेडापालन गरेर बसिन्छ, हिउँ पर्न थालेपछि मात्रै भेडा बेँसी झारिन्छ”, उनी बताउँछन् ।
बुकी क्षेत्रमा बागलुङ, म्याग्दी, रोल्पा, प्युठान र रुकुमका हजारौं भेडा पुग्ने गरेका छन् । उपयुक्त चरिचरनको वातावारण, पोषणयुक्त घाँसका कारण परम्पराकालदेखि नै भेडा चराउन बुकी लगिँदै आएको भेडापालक किसान कमरा घर्तीमगरले बताए । भेडापालनको दुःख भने भनिसाध्य छैन, घर्तीमगर बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै
मंसिर १७, २०८१ सोमबार
किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार