अर्जुन लामाको हत्यामा माओवादी उपाध्यक्ष सापकोटा संलग्न भनिएको मुद्दाको फैसला असार १२ मा आउने
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार १६:४२:१५
२३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटासँग जोडिएको हत्यासम्बन्धी मुद्दाको फैसला आगामी असार १२ गते सुनाउने भएको छ । काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी सापकोटा विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ सकिएकाले फैसला सुनाउने मिति तोकिएको हो ।
अग्निप्रसाद सापकोटाविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले १२ असारमा निर्णय सुनाउने जनाएको हो । संवैधानिक इजलासले सापकोटा विरुद्धको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै तीन सातापछि निर्णय सुनाउने मिति तोकेको हो ।
बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएको हो । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले मुद्दाको सुनुवाइ सकिएको र आजै संक्षिप्त आदेश वा निर्णय हुनसक्ने बताए ।
२०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटा सूर्यमान दोङसहितका माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन् । यसको सुनुवाइ सकिएर फैसला आउन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार