सहकारी ठगी प्रकरणको कार्यविधि मस्यौदा बनाउने जिम्मा समितिको सचिवालयलाई दिइयो
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार १७:७:३५
२३ जेठ, काठमाडौं । संसदीय छानबिन समितिले सहकारीको रकम ठगी सम्बन्धको छानबिन कार्यविधि बनाउन कामको जिम्मा समितिको सचिवालयलाई दिएको छ । सहकारीको बचत दुरूपयोग सम्बन्धमा बनेको संसदीय छानविन समितिको पहिलो बैठकले कार्यविधि बनाउने जिम्मा सचिवालयलाई दिएको हो ।
सभामुख देवराज घिमिरेसहित बसेको समितिले अर्को बैठक शुक्रबार बस्ने निर्णय गरेको छ । समिति सदस्य लेखनाथ दाहालले अर्को बैठक शुक्रबार बस्ने र कार्यविधिको मस्यौदा बनाउने जिम्मा सचिवालयलाई दिइएको जानकारी दिए । आजको बैठकमा कार्य विभाजनबारे पनि छलफल भएको थियो ।
गएको जेठ १५ गते सहकारीको बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको हो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्कीमा लामिछानेका पक्षधर वकिलको बहस सुरू
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार