परपुरूषसँग भेटेपछि सेनाका अमल्दारले गरे श्रीमतीको हत्या, साथमा रहेका युवा पनि गम्भीर
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार १०:५७:४७
२५ जेठ, दाङ । दाङको तुलसीपुरमा नेपाली सेनाका अमल्दारले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घर विदामा आएका बेला २७ वर्षीया श्रीमती टीका बुढाथोकीलाई आज बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटेपछि ३६ वर्षीय अमल्दार शालिकराम बुढाथोकीले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट घाइते भएकी टीकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कपुरकोट ६ सल्यान घर भएका बुढाथोकी नेपाली सेनाको ज्वालादल गण बारामा कार्यरत थिए भने श्रीमती टीका तुलसीपुर ६ डुम्री गाउँमा डेरामा बस्ने गर्थिन् । शालिकरामले श्रीमतीका साथमा फेला परेका आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका छन् । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेकाले उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अछाम घर भएका आर्यन पनि नेपाली सेना हुन् भने उनी तुलसीपुरस्थित १९ नम्बर बाहिनीमा कार्यरत छन् । शालिकरामलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ’
कात्तिक २७, २०८१ मंगलबार
सिन्धुलीको हरिहरपुरगढीमा प्रधानाध्यापकमाथि गोली प्रहार
कात्तिक २५, २०८१ आइतबार
उपनिर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरीमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन
कात्तिक २३, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार