यसरी मनाइन्छ हाँडीगाउँमा गाडीरहित दिन 'कार फ्री डे'
नेपालबहस संवाददाता
जेठ २६, २०८१ शनिबार ८:२४:९
मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
२६ जेठ, काठमाडौं । काठमाडौं महानगपालिकाले झन्डै एक वर्ष देखि प्रत्येक शनिबार हाँडीगाउँमा गाडीरहित दिन 'कार फ्री डे' मनाइँदै आइएको छ । हाँडीगाउँ गुरुयोजना अन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ ।
यस क्षेत्रमा दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइएको थियो । यस क्षेत्र भएर गुड्ने सवारी साधनलाई धोबीखोला कोरिडोर, गहना पोखरीबाट वडा कार्यालय तर्फको भित्री सडकको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।
हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिइन्छ । यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरू भएको प्रमाण पाइन्छ ।
इसापूर्व दोश्रो शताब्दीका पुरातात्त्विक अवशेष र अन्य सम्पदा भवनहरूको जग यसै क्षेत्रमा मात्र छन् । स्थानीयहरू दुइ बजे पछि सडक छेउमा नेवारी स्वादका परिकारहरू बनाउन व्यस्त देखिन्छन । बालबालिकाहरू निर्धक्क भएर सडकमा खेलिरहेको देख्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार